शिरशोभा गम्भिरसिंह गुरुङ स्मृति कप भलिबलको उपाधि माझकटेरीलाई

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७७
Sirubari Volleyball

पोखरा । नवौं शिरशोभा गम्भिरसिंह गुरुङ स्मृति कप क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधि माझकटेरी युवा क्लबले जितेको छ । स्याङ्जाको आँधिखोला गाउँपालिका १ सिरुबारीमा भएको फाइनल खेलमा ग्रेटहिल क्लबलाई ३–१ को सेटमा हराउँदै माझकटेरीले उपाधि हात पारेको हो ।

क्लबको जितमा २५–२२, २०–२५, २५–१६ र २५–२१ को जित निकालेको हो । शनिबार नै तेस्रो स्थानका भएको खेलमा राम्चे युवा क्लबले काउरेलाई हरायो । प्रतियोगितामा प्रथम भएको माझकटेरीले उपाधिसहित सिल्ड, मेडल र प्रमाणपत्रको साथमा नगद २० हजार रुपैयाँ प्राप्त ग¥यो । उपविजेता बनेको ग्रेटहिलले सिल्डसहित नगद १५ हजारका साथमा सिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुप¥यो । तेस्रो भएको राम्चेले नगद १२ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाए । सान्त्वना भएको काउरेलाई सिल्ड प्रदान गरिएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा माझकटेरीका सन्तोष नेपाली घोषित भए । उनले ट्रफी, मेडल र प्रमाणपत्र पाए । विजयी खेलाडीहरुलाई शिरशोभा र गम्भिरसिंह गुरुङका छोरा मेजर लिलबहादुर गुरुङ, नातिनी तथा नेपाली कांग्रेस, नीति अनुशासन तथा प्रशिक्षण प्रतिष्ठानकी केन्द्रीय सदस्य सरस्वती गुरुङ, भ्याली पब्लिक स्कुल काठमाडौंका प्राचार्य कृष्ण अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस, नीति अनुशासन तथा प्रशिक्षण प्रतिष्ठानकी केन्द्रीय सदस्य सरस्वती गुरुङले सिरुबारी अब खेलकुदले पनि विश्वसामु चिनिन आवश्यक रहेको बताइन् । ‘सिरुबारी होमस्टले आजसम्म चिनियो,’ उनले भनिन्, ‘अब खेलकुदले पनि चिनिनुपर्छ भनेर बर्सेनि बाबाहरुले निरन्तरता दिनुभएको छ ।’ प्रतियोगिताको नवौं संस्करणसम्म बाबाहरुले सहयोग गरेपनि अब आफूले पनि सहयोग गर्ने बताइन् ।

स्व. शिरशोभा र गम्भिरसिंह गुरुङका जेठा छोरा मेजर लिलबहादुर गुरुङले भलिबल सबैले खेल्ने भएका कारण सिरुबारीका युवाहरुलाई खेलमा आकर्षित गर्न प्रतियोगिता सुरु गरिएको बताए । आगामी वर्ष पनि प्रतियोगिताको निरन्तरताका लागि पुरस्कार राशि वृद्धि गर्ने उनको भनाइ छ । ‘यो प्रतियोगिता अर्को साल पनि निरन्तरता दिनुपर्छ,’ उनले भने, ‘अब प्रथमलाई १ लाख, द्वित्तीयलाई ५० हजार र तृतीयलाई २५ हजार दिने घोषणा आजै गरेको छु ।’

भ्याली पब्लिक स्कुल काठमाडौंका प्राचार्य कृष्ण अधिकारीले युवाहरु परिवर्तनका संवाहक भएका कारण उनीहरुको भावना बझ्नु आवश्यक रहेको बताए । सिरुबारीका युवाहरुको भावना अनुरुप नै गाँउमा प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • भलिबलको सेमिफाइनल समीकरण

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । घान्द्रुकमा जारी ‘पर्यटन महोत्सव’ मा पुरुषतर्फ क्लबस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । क्लबस्तरीय भलिबल प्रतियोगितामा…
  • इन्टरबटालियन भूपू भलिबलको उपाधि १/५ जिआरलाई

    आदर्श समाज सम्वाददाता फागुन १७, २०८०
    पोखरा । पोखरामा आयोजित इन्टरबटालियन भूपू भलिबल प्रतियोगिता–२०२४ को उपाधि १/५ जिआरले जितेको छ । भारतीय दूतावास पेन्सन वितरण कार्यालय…
  • पाेखरामा इन्टर बटालियन भूपू भलिबल सुरु

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा । पोखरा रामबजारस्थित भारतीय दूतावास पेन्सन वितरण कार्यालयमा इन्टर बटालियन भूपू भलिबल प्रतियोगिता–२०२४ सुरु भएको छ । आगामी १७…
  • मादीको स्थापना दिवसमा भलिबल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा । कास्कीको मादीमा प्रथम पालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिका स्थापना दिवसको अवसर पारेर आयोजित…

hero news full width

Recent Posts

भर्खरै