सदस्य सचिव गुरुङले बुझे नियुक्तिपत्र

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७७
tej gurung

पोखरा । गण्डकी प्रदेश खेलकुद विकास समितिका नवनियुक्त सदस्य सचिव तेजबहादुर गुरुङले नियुक्तिपत्र बुझेका छन् । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले १ कार्यक्रमबीच सचिव गुरुङलाई नियुक्तिपत्र हस्तान्तरण गरेकी हुन् ।

मन्त्री पुनले नवनियुक्त सदस्य सचिव गुरुङलाई बधाई दिँदै खेलकुदमार्फत गण्डकी प्रदेशको समृद्धिका लागि अघि बढ्न आग्रह गरिन् । खेलकुदमा कुनै पनि भाषा र जात जाति, धनी र गरिबबीचको भेदभाव नहुने बताउँदै प्रदेश खेलकुदको अध्यक्षसमेत रहेकी मन्त्री पुनले गण्डकी प्रदेशको खेलकुदले खुसी र सुखी नागरिक उत्पादनमा सदैव क्रियाशील भएर अघि बढ्ने बताइन् ।

गण्डकी प्रदेश विधायन समितिका सभापति मोहन रेग्मीले गण्डकी प्रदेशको समृद्धि सँगै स्वास्थ्य र सचेतनासँग खेलकुदले युवालाई विसंगतिविरुद्ध अघि बढ्ने प्रेरणा दिन गण्डकी प्रदेश खेलकुद विकास समिति सफल हुने भन्दै नवनियुक्त सदस्य सचिव गुरुङलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

नवनियूक्त सदस्य सचिव तेजबहादुर गुरुङले सदस्य सचिवको जिम्मेवारी दिएकोमा मुख्यमन्त्री लगायत प्रदेश सरकारलाई आभार व्यक्त गर्दै आफ्नो क्षमताले भ्याएसम्म प्रदेशको खेलकुद विकासका लागि समर्पित रहने प्रतिबद्धता जनाए । आफू खेलकूदकै पृष्ठभूमिबाट नै यो ठाउँमा आइपुगेको बताउँदै उनले प्रदेश सरकारले खेलकुदमार्फत प्रदेशको समृद्धिका लागि योजनाबद्ध रुपमा अघि बढ्ने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै