पोखरा । पोखरा विमानस्थलमा आज बेलुकी हवाईजहाजको आपतकालिन उद्घार अभ्यास गरिँदै छ ।
गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् उद्घारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले सो अभ्यास गर्न लागेको हो ।
जस अनुसार बेलुकी चार बजेपछि पोखरा विमानस्थलमा नमूनाको रुपमा जहाज दुर्घटना गराइदैछ ।त्यसपछि उक्त जहाजमा आगलागी हुनेछ। आगो निभाउनका लागि दमकलको सहारा लिइदैछ ।त्यस्तै घाइतेको उपचारका लागि एम्बुलेन्स पनि गुड्नेछन् ।यि सवै घटना नमुनाको रुपमा हुनेछन्।
आपतकालिन उद्घारको अभ्यास हुँदैछ भनेर थाहा नपाउने महानुभावलाई विमानस्थलमा कतै दुर्घटना नै भएको हो कि भन्ने पर्न सक्छ भन्दै मन्त्रालयले सोवारे स्पष्ट पारेको हो।
अभ्यासका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसका पदाधिकारीहरु लगायत खटिदै छन् ।जसको पुर्व तयारी अन्र्तगत सोमवार र मंगलवार सामान्य अभ्यास समेत भइसकेको छ।करिव आधा घण्टादेखि १ घण्टाको बीचमा अभ्यास सकिने मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए।
उद्घार अभ्याससँगै विपद् उद्घारकर्मीको क्षमता विकास तालिमको समापन गरिदैछ । जसमा मुख्यमन्त्री पृथ्वीशुब्वा गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान लगायत सहभागी हुनेछन्।
मन्त्रालयले आपतकालीन उद्घारलाई भविष्यमा संचालन हुने पोखरा अन्तराष्ट्रिय विमानस्थलको सहयोगी हुने अपेक्षाका साथ पनि हेरेको उपसचिव काशीराम गैरेले बताए।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१