पत्रकार हिमनिधि लौडारीलाई शान्ति पत्रकारिता पुरस्कार

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७७
laudari

पोखरा । नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद÷मायादेवी शान्ति पत्रकारिता पुरस्कारबाट पोखराका पत्रकार हिमनिधि लौडारी पुरस्कृत भएका छन् । पूर्णप्रसाद/मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि नगद २५ हजार ५ सय ५५ सहित सम्मानपत्र र दोसल्ला रहेको छ ।

पोखरामा मंगलबार आयोजित कार्यक्रमबीच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रतिभा छनोट समितिका संयोजक रमेश पौडेल, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र पूर्णप्रसाद÷मायादेवी बराल प्रतिष्ठानका अध्यक्ष भोला बरालले पत्रकार लौडारीलाई पुरस्कृत गरेका थिए ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यसवर्ष लौडारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । छनोट समिति सदस्यमा भोला बराल, कुशल बराल, विमला भण्डारी र पदेन सदस्यमा युनियन अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेल थिए ।

लामो समयदेखि पत्रकारिताको माध्यमबाट पत्रकारिता, शान्ति र मानव कल्याणको क्षेत्रका सक्रिय रहि समाज परिवर्तनमा निर्वाह गरेको योगदानको कदर गर्दै पत्रकार लौडारीलाई पुरस्कृत गरिएको हो ।

२ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशील उनी हाल हिमदूत दैनिक र रेडियो तरंगमा आबद्ध छन् । यसअघि सो पुरस्कार पोखराका पत्रकार राजबहादुर गुरुङलाई अर्पण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width