लेखनाथ डोजोको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७७
lekheth news photo

पोखरा । लेखनाथ नेपाल क्योकुसिन कान कराँते डोजोले १२ औँ स्थापना दिवस तथा वार्षिकोत्सव आइतबार मनाएको छ । वार्षिकोत्सव पोखरा महानगरपालिका २९ का अध्यक्ष चेतबहादुर गुरुङले खेलाडीले कडा परिश्रम गर्नुपर्ने बताए । उनले सबै खेलाडी उत्कृष्ट हुने गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

लेखनाथ पावरहाउसमा नेपाल सिडो कराँतेको डाजोको रुपमा स्थापना भई विभिन्न समयमा परिमार्जन हँुदै २०७५ सालबाट नेपाल नेपाल क्योकुसिन कान कराँतेको रुपमा रहेको छ । विभिन्न क्षेत्रीय र राष्ट्रिय पदक जितेको खेलाडी लेखनाथबाट उत्पादन भएको प्रशिक्षक सुवास खड्काले बताए । हाल लेखनथामा १ सयभन्दा बढी खेलाडी र २ वटा डोजो छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width