हेमजा । गण्डकी प्रदेशमा विपद् उद्घारकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम सुरु भएको छ । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर विजयपुरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तालिम सुरु गरेको हो ।
तालिम उद्घाटनपछि आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विपद्बाट क्षति कम गर्नुपर्नेमा जोड दिँदै विपद्पछिको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बताए । उनले गण्डकीमा विशेष गरी आगलागी, सडक दुर्घटना, हिमआँधी, ताल तथा खोचमा पर्ने समस्या रहेको उल्लेख गर्दै त्यस्ता दुर्घटनाप्रति आम नागरिक सचेत बन्नुपर्नेमा जोड दिए । मन्त्री चुमानले विपद्पछिको खोज तथा उद्घारलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको चर्चा गरे । तालिम विभिन्न क्षमताको केन्द्रीकरण भएको भन्दै मन्त्री चुमानले त्यसलाई सफल पार्नुपर्ने भनाइ राखे ।
मन्त्रालयका सचिव केदारनाथ शर्माले तालिममा सक्रिय सहभागिता जनाउन आग्रह गरे । आवश्यक परेको खण्डमा सहभागलिाई कुनै जिल्ला वा भूगोलमा तालिम सञ्चालन गर्नुपरेमा विज्ञका रुपमा परिचालन गरिने उनले स्पष्ट पारे ।
पृतनापति उपरथी विनय विक्रम राणाले उद्घारकर्मीको क्षमता विकासमा तालिम सहयोगी बन्ने विश्वास व्यक्त गरे ।
मन्त्रालयका उपसचिव काशीराम गैरेले उद्घारकर्मीको क्षमता अभिवृद्घि गरी विपद्को उचित व्यवस्थापनबाट गण्डकी प्रदेशलाई विपद् उत्थानशील प्रदेशको रुपमा विकास गर्ने मन्त्रालयको सोच रहेको बताए । सूचना अधिकारी खुबीराम पोखरेलले तालिमबाट सबै प्रकारका विपद्को घटनामा प्रभावकारी प्रतिकार्य गरी क्षतिमा कमी ल्याउने उद्देश्य राखिएको स्पष्ट पारे ।
उक्त तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य निर्देशनालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय अनुसन्धान अन्तर्गण्त प्रदेश कार्यालयका प्रतिनिधि सहभागी छन् ।
तालिम अन्तर्गत विपद् व्यवस्थापन पूर्व तयारी तथा जोखिम न्यूनीकरण सम्बन्धमा डा.कृष्णप्रसाद पौडेल, महामारी जोखिम न्यूनीकरण सम्बन्धमा डा. विनोदविन्दु शर्मा, हवाइ सुरक्षा र जोखिम न्यूनीकरणबारे विक्रम गौतम, भुकम्पीय जोखिम न्यूनीकरणबारे डा. सोमप्रसाद सापकोटा र बाढी तथा पहिरो जोखिम न्यूनीकरण सम्बन्धमा डा. रञ्जनकुमार दाहालले सहजीकरण गर्दैछन् ।
तालिमसँगै यही चैत्र ४ गते पोखरा विमानस्थलमा हवाईजहाज आपतकालीन उद्घारको अभ्यास पनि गर्ने तयारी भइरहेको छ । जसका लागि १ सय सुरक्षाकर्मी परिचालन गरिनेछ । मन्त्रालयले सो आपतकालीन उद्घारलाई भविष्यमा सञ्चालन हुने पोखरा अन्तराष्ट्रिय विमानस्थलको सहयोगीका रुपमा हेरेको छ ।
Related News
सम्बन्धित समाचार
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१