दमौली । यो वर्ष धानको सिजनमा मलको हाहाकार भयो । झन्डै १० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने तनहुँमा उत्तिकै मात्रामा मलको आवश्यकता पर्छ । जसमा २ हजार ४ सय २९ मेट्रिक टन युरिया, १ हजार ३ सय १६ मेट्रिक टन डिएपी र ६ सय ८९ मेट्रिक टन पोटास मल चाहिन्छ ।
अन्य जिल्लामा जस्तै तनहँुका किसानले पनि यसपालि धानको सिजनमा रासायनिक मल नपाउँदा निरास बने । मागको करिब ३० प्रतिशत मात्रै मल बडो मुस्किलले पाएका थिए उनीहरुले । सिजनमा कृषि सामग्री कम्पनीका गोदाम खाली भए । त्यहीँ खाली गोदाम हेरेर किसान निरास भएर फर्किन्थे ।
तर, अहिले कृषि सामग्री कम्पनीका कर्मचारी मात्रै नभएर कार्यालयमा पुगेका किसान पनि निक्कै उत्साहित र मख्ख छन् । प्रायः सधैं खाली हुने गोदाम रासायनिक मलले भरिएका छन् । आफ्नो गोदाम भरिएपछि कृषि सामग्री कम्पनीले भाडामा गोदाम लिएर मल राखेको छ । अहिले कम्पनीको गोदाममा करिब ४ सय मेट्रिक टन रासायनिक स्टक छ ।
मल पर्याप्त भएपछि कम्पनीले सहकारी संस्थालाई मागे जति रासायनिक मल दिइरहेको दमौलीस्थित रहेको कृषि सामग्री कम्पनीका प्रमुख बलबहादुर पन्थले बताए ।
पछिल्ला समय किसानले पशुपालन गर्न छाड्दै गएका कारण कम्पोस्ट मलको प्रयोग घट्दै गएकाले रासायनिक मलप्रतिको निर्भरता बढ्दै गएको पाइन्छ । मल अभाव कारण कृषि उपजको उत्पादन समेत प्रभावित हुँदै आएको छ ।
अहिलेका किसानलाई हिउँदे मकैका लागि मल आवश्यक रहेको छ । धान लगायत मल आवश्यक पर्ने सिजनमा मलको हाहाकार भए पनि पछिल्ला दिन युरिया र डिएपी मल पर्याप्त मात्रामा आइरहेकाले कम्पनीले कृषि सहकारीले मागे अनुसार नै मल वितरण गरिरहेको उनले बताए । मौज्दात मल आगामी वर्षको धानको सिजनमा वितरण गर्ने तयारी कम्पनीको छ ।
Related News
सम्बन्धित समाचार
पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण
माझठानाका कृषकलाई तालिम
कास्कीको मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…
फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी
रैथाने बाली संरक्षण गर्दै कृषि ज्ञान केन्द्र
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१