नारी दिवसको अवसरमा भण्डारीसहित १७ जनालाई राष्ट्रिय नारी मानार्थ सम्मान

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७७
bimala samman (3)

काठमाडौं । १११ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पोखराकी सञ्चारकर्मी विमला भण्डारीसहित देशभरबाट १७ जना महिला राष्ट्रिय नारी मानार्थ सम्मान २०७७ बाट सम्मानित भएका छन् ।

राष्ट्रिय नागरिक विकास समाजले नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौमा एक कार्यक्रम आयोजना गरि दिवस मनाएको छ । विगत ११ वर्षदेखि नारी दिवसको अवसर पारी विभिन्न कार्यक्रम गर्दै आएको संस्थाले समाजमा विभिन्न क्षेत्रमा योगदान दिँदै आएका विशिष्ठ महिलाहरुलाई सम्मान गरेको छ ।

संस्थाले ‘राष्ट्रिय नारी मानार्थ सम्मान २०७७’ बाट राष्ट्रिय स्तरमा ख्यातिप्राप्त महिलाहरूलाई सम्मान गरेको हो । सञ्चारकर्मी विमला भण्डारी कँुवर, सामाजिक अभियान्ता एवं महिला नेतृ सरु बानियाँ, शोभा पाठक, सरू श्रेष्ठ लगायत गरी देशभरिबाट १७ जना महिलालाई सम्मान गरेको हो । सम्मानित हुनेमा सीता धिमिरे तिमिल्सिना, विश्व बौद्ध धर्म संघकी अध्यक्ष आनी भिमसुवा गुरुङ छन् ।

चितवनकी छायाँ श्रेष्ठसहित सजना नकर्मी, छटकुमारी भट्ट, अम्बिका केसी, लोककुमारी श्रेष्ठ, सविता न्यौपाने, रीता आचार्य, धनुथापा मगर, रोजी गुरु, धनमाया सिञ्जाली, शान्ता बसेल, लक्ष्मी श्रेष्ठ, माधवी सुवेदी, सीता रायमाझी, सुनीता घिमिरे, संगतिा शर्मा, मनिषा राई, शोभा थापा, यमकला केसी लगायत सम्मानित भएका हुन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले उनीहरुलाई सम्मान गरिन् ।

मन्त्री महतोले पूर्व मेचिदेखि पश्चिम महाकाली सम्मका महिलालाई एकै ठाउँमा सम्मान गर्न पाउँदा खुसी व्यक्त गर्दै समान कामको समान ज्याला र महिला श्रमशोषणका कुरा गरिरहँदा यस सम्मानबाट वास्तविक महिलाको सम्मान भएको महसुस गरेको बताइन् ।

सम्मानित विमला भण्डारीले आमा सधैं सम्मानित हुने भन्दै एउटी आमा, बुहारी र छोरी सम्मानित भएकोमा अत्यन्तै गर्व लागेको बताइन् ।

‘समान अधिकार–सम्मान अवसर, हिंशामुक्त समाज हामी सबैको सरोकार’ भन्ने मुल नारा लिएको सस्थाले विभिन्न अवसर पारेर सन्देशमूलक कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा राष्ट्रिय सरोकार समितिका सभापति पार्वती रावल, ज्येष्ठ नागरिक कोषका तत्कलीन सभापति एवं राष्ट्रिय प्रेस क्लबका सभापति रामकृष्ण कर्मचार्य लगायतले मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल   

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पर्वत ।  पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४…
  • छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    बलेवा (बागलुङ) ।  छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी…
  • नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू   

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    गलकोट (बागलुङ) । बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने…
  • जनजागृति आमा समूहमा शान्ति

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । जनजागृति आमा समूह, पोखरा १९ पुरूञ्चौरको २७ औं वार्षिकोत्सव तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न…

hero news full width