अन्तर जिल्लास्तरीय भलिबल हुने

आदर्श समाज सम्वाददाता
फागुन २४, २०७७
volleyball

नवलपुर । पूर्वी नवलपरासीमा फागुन २५ गतेदेखि अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

देउराली युवा समूह, विनयी त्रिवेणी गाउँपालिका ५, देउरालीको आयोजनामा देउरालीको भैँसी खोला खेल मैदानमा प्रतियोगिता हुनेछ ।

देउराली युवा समूहले आइतबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रथम हुने टिमले १ लाख नगद पुरस्कार पाउने छ ।

यस्तै, द्वितीयले ६० हजार, तृतीयले ३० हजार र विभिन्न ६ विधामा १०÷१० हजार पुरस्कार राखिएको देउराली युवा समूह अध्यक्ष कलम जिसीले बताए ।

सा प्रतियोगिता प्रतियोगिता फागुन २८ सम्म चल्ने खेल संयोजक आमृतसिंह बाह्र घरेले बताए ।

प्रतियोगितामा नवलपुर, पश्चिम नवलपरासी, रुपन्देही, चितवन, पाल्पा लगायत ११ जिल्लाका टिमको सहभागिता रहने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width