बिटी कपको उपाधि एम टुवेललाई

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७७
BT photo

पोखरा । बुद्धटोल युवा क्लब पोखराद्वारा आयोजित ‘चौथोे वीरेन स्मृति १४ औं बिटी कप सेभेन ए साइड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताको उपाधि एम टुवेलले जितेको छ ।

पोखरा महानरपालिका १ स्थित पुरानो टुडिखेलमा शनिबार भएको फाइनल खेलमा कमलपोखरी क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पाराजित गर्दे एम टुवेलले उपाधि जितेको हो ।

एम टुवेलको जीतमा म्यान अफ द म्याच बनेका मनिस क्षेत्री, अविनाश तामाङ, सरोज तामाङ र मनोज गुरुङले समान १ गोलको योगदान दिए । पहिलो हाफमा २ गोल गरेको एम टुवेलले दोस्रो हाफमा पनि २ गोल गरेको थियो । खेलको १३ औं मिनेटमा अविनाश तामाङले गोल गर्दै टिमलाई अगाडि बढाएका थिए । त्यसको ४ मिनेटपछि मनोज गुरुङले गोल गर्दै २–० मा पुर्‍याए । २ गोलको अग्रतामा सकिएको खेलमा दोस्रो हाफको १७ औं मिनेटमा एम टुवेलका सरोज तामाङले गोल गर्दा टिम ३–० को अग्रतामा पुग्यो । निर्धारित समय सकिएपछि थपिएको ३ मिनेटमा एम टुवेलका मनिश क्षेत्रीले गोल गर्दै ४–० ले कमलपोखरीलाई पछि पार्दै उपाधि चुमेको हो ।

उपाधिसँगै एम टुवेलले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ३२ हजार २ सय २२ रुपैयाँहित सिल्ड, मृडल र प्रमाणपत्र प्राप्त गर्‍यो । भने उपविजेता बनेको कमलपोखरीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ८२ हजार २ सय २२ हात पार्दै चित्त बुझाउन पर्‍यो ।

उक्त प्रतियोगिताबाट एम टुवेलका मनिस क्षेत्री सर्बाेत्कृट खेलाडीका रुपमा घोषित हुदै ट्रफी सहित नगद रु ५ हजार प्राप्त गरे । त्यस्तै विधागत तर्फ सोही क्लबकै रोमन थापा मगरले उत्कृष्ट गोलरक्षकको उपाधि हात पारे । सोही टिमकै मनोज गुरुङले उत्कृष्ट मिडफिल्डर, सरोज तामाङले उत्कृष्ट डिफेन्डर र आयोजक सेतोका सुनिल बिकले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गर्दै जनही नगद ३ हजार हात पारे ।

कुल ४२ टिमको सहभागिता रहेको उक्त प्रतियोगिताबाट मालेपाटन एफसी अनुशासित टिमको रुपमा घोषित हुदै नगद ७ हजार रुपैयाँबाट पुरस्कृत भयो ।

सो प्रतियोगिताबाट विजेता तथा उपविजेता टिमलाई नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामहरी खतिवडा, क्लबका अध्यक्ष विजया गुरुङ तथा क्लबका सल्लाहकारहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width