पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो जन्मदिनमा वृक्षरोपण गरेका छन् ।
विगतका वर्षमा जस्तै उनले यसपालि पनि मुख्यमन्त्री निवास परिसरमा वृक्षरोपण गरेका हुन् ।
सो अवसरमा उनले प्रकृतिको संरक्षण गर्न, वातावरण स्वच्छता कायम गर्न, असल र सभ्य संस्कारको विकास गर्दै अगाडि बढ्न वृक्षरोपण अभियान सहयोगी हुने बताए ।
‘विश्व वातावरण जोगाऔं’ अभियानअन्तर्गत हाल विश्वभरि वृक्षरोपण अभियान चलिरहेको छ । लमजुङका केही अभियन्ताले २०७५ मंसिरदेखि सो अभियान सुरु गरेका छन् । सोही अभियानको बारेमा बोल्दै उनले व्यक्तिगत र प्रदेश सरकारतर्फबाट भरपूर साथ, सहयोग र समर्थन रहिरहने प्रतिबद्धता व्यक्त गरे ।
अभियानका संस्थापक अध्यक्ष वासुदेव सेढाइँ ले जन्मदिन अवसरका मुख्यमन्त्रीलाई शुभकामना दिँदै अभियानका गतिविधिबारे जानकारी गराएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्य धनञ्जय दवाडी, प्रेस संगठनका केन्द्रीय सदस्य गणेश पाण्डे, सामाजिक न्याय अभियानका अभियन्ता अधिवक्ता सुदर्शन जोशी लगायत अभियन्ताको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर
मस्र्याङ्दी जलासयमा मोटरबोट
पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिभल सुरु
विपद् प्रतिकार्यमा महानगर प्रतिबद्ध छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१