पोखरा। प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि आयोजक टाइगर ग्रुप अफ पोखरा, नेपालले गण्डकी प्रदेश पुरुषतर्फको टिम घोषणा गरेको छ ।
प्रतियोगिता संयोजक नवीन गुरुङका अनुसार हरि पाण्डेको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरिएको हो । जसमा ३ वैकल्पिक खेलाडी छन् ।
ओपन स्पाइकरतर्फ घनश्याम चौधरी (नवलपुर), किरण गुराउ (नवलपुर), ईश्वर थापा (स्याङ्जा) र सञ्जय परियार (पर्वत), क्विक स्पाइकर राजु विक (बागलुङ), याम क्षेत्री (कास्की) र रुपेन्द्र गैरे (पर्वत) छन् ।
त्यस्तै, अलराउन्डरमा हरि पाण्डे (स्याङ्जा) तथा सन्तोष थापा (स्याङ्जा), सेटरमा सुजन चोखाल (म्याग्दी) तथा ठगबहादुर गुरुङ (स्याङ्जा), लिब्रोमा राजन दर्लामीमगर (स्याङ्जा) छन् ।
तिन वैकल्पिक खेलाडीमा कास्कीका सफल बिक, विवश थापा र मनोज खड्का रहेको छ । प्रशिक्षकमा रमेश केसी चयन भए ।
राउण्ड रोविन लिग आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र न्यू डायमन्डको सहभागिता रहने छ ।
पुरुषतर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र गण्डकी प्रदेशको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष सचिव प्रकाश बरालले जानकारी दिए ।
माघ २७ देखि फागुन १ सम्म पोखरा रंगशालामा हुने प्रतियोगिताको उपाधि विजेता महिला तथा पुरुषलाई १ लाख ५० हजार, द्वितीयले ७५ हजार र तृतीयले २५ हजार प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई २० हजार तथा विधागतरुपमा उत्कृष्ट ५ लाई जनही ५ हजार पुरस्कृत गरिनेछ
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१