फुटबलको राष्ट्रिय टिम पोखरामा

आदर्श समाज सम्वाददाता
माघ ८, २०७७
National Team Fhoto

पोखरा । नेपाली राष्ट्रिय फुटबल ‐पुरुष) टिम बिहीबार पोखरा आएको छ । विश्वकप अन्र्तगत छनोट चरणको तयारीमा रहेको टोली बिहीबार साँझ पोखरा आएको हो । प्रशिक्षण गर्न करिब २ साताका लागि टिम पोखरा आएको अखिल नेपाल फुटबल संघ (एन्फा)का टिम तयारी समितीका संयोजक मधुुसुदन उपाध्यायले बताए ।

पोखरा आएको फुटबल टोलीलाई एन्फा कास्कीले स्वागत गरेको थियो । एन्फाका पूर्व केन्द्रीय उपमहासचिव गणेशबहादुर भट्टराई, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, महासचिव रमेश कार्कीले स्वागत गरेका हुन् । फुटबल टिम पोखरा लेकसाइडको कुटी रिसोर्ट एन्ड स्पामा बसेको छ ।

पोखरामा प्रशिक्षणको क्रममा राष्ट्रिय टोलीले प्रशिक्षण सँगै हाइकिङ र अन्य रिफ्रेसमेन्ट कार्यक्रमहरु तय गरिएको संयोजक उपाध्यायले जानकारी दिए । माघ २१ गते सम्म पोखरामा प्रशिक्षणमा व्यस्त रहने राष्ट्रिय टोलीले पोखरा रंगशालाको मैदान प्रयोग गर्ने उपाध्यायले जानकारी दिए । ‘अहिलेसम्म पोखरा रंगशालामा नै तयारी गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘ भोलि बसेर सल्लाह गरौं अरु अरु मैदानमा पनि प्रशिक्षण गर्न सकिन्छ कि ।’

पोखरा आउने राष्ट्रिय टोली ३५ जना खेलाडीसहित ४४ सदस्यीय टोली पोखरा आएको हो । टिममा मुख्य प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरण श्रेष्ठ सहित ९ जना अफिसियल छन् । होम ग्राउन्डमा नेपालले चाइनिज ताइपेईसँग चैत १२ गते र अस्ट्रेलियासँग चैत १७ गते खेल्दैछ भने जोर्डनसँग जेठमा मात्रै छनोट खेल हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width