गण्डकी प्रदेश सरकारले कोरोना पीडितहरुलाई उद्योग व्यवसाय सञ्चालनका लागि निब्र्याजी ऋण दिने स्कीम तयारी गरेको छ । सरकारको त्यो स्कीम अनुसार त्यसले राष्ट्र बैंकसँग सम्झौता पनि गरेको छ । सम्झौतामा प्रदेश सरकारतर्फबाट सचिव इन्दु घिमिरे र राष्ट्र बैंक पोखरातर्फबाट बैंकका प्रमुख ईश्वरीप्रसाद भट्टराईले मंगलबार हस्ताक्षर गरेका छन् । स्कीम अनुसार कोरोना पीडितहरुले उद्योग व्यवसाय सञ्चालन गर्न ५० हजारदेखि १५ लाख रुपैयाँसम्म बिनाव्याज ऋण पाउने भएका छन् । सरकारको यो व्यवस्थाबाट कोरोना पीडितहरुमा उत्साहको सञ्चार भएको छ । यो समाचार सम्प्रेषण भएदेखि उनीहरु कहिले स्कीम लागु होला भनेर उत्सुकतासाथ प्रतीक्षा गरिरहेका छन् ।
सरकारले कोरोना पीडितलाई ऋण उपलब्ध गराउन ४ किसिमका उद्योग व्यवसायको छनोट गरेको छ । ती मध्य एक हो–लघु घरेलु तथा साना उद्यम, दोश्रो साना पर्यटन व्यवसाय, तेस्रो साना यातायात व्यवसाय हो भने चौथो साना सेवामूलक व्यवसाय हो । सरकारले लघु, घरेलु तथा साना उद्यम र साना पर्यटनका लागि १ लाखदेखि १५ लाखसम्म र साना यातायात र साना सेवामूलक व्यवसायका लागि ५० हजारदेखि १० लाखसम्मको ऋण दिने प्रावधान बनाएको छ । सरकारको यो व्यवस्था अनुसार १८ वटा बैंकहरुले ऋण प्रवाह गर्ने छन् । ती १८ बैंकहरुको प्रदेशमा ४ सय ८० शाखाहरु छन् । ऋण लिन चाहनेहरुले तीमध्ये जुनसुकै बैंकबाट पनि आफ्नो सुविधा अनुसार ऋणका लागि निवेदन दिन सक्ने छन् । सरकारले ऋण प्राप्त गर्ने विधि सकेसम्म सरल गरेको दाबी गर्दछ । ऋण प्राप्त गरेपछि ६ महिनासम्म भुक्तानी गर्नु नपर्ने “ग्रेस पिरियड” राखेको छ । तर ऋण पाउन ऋणीले धितोस्वरुप घर, जग्गा सुनचाँदी व्यवसायमा रहेको जिन्सी तथा उपकरण राख्न पाउने व्यवस्था गरेको छ । त्यो ऋण ३ वर्षभित्र भुक्तानी गर्नु पर्ने छ ।
सरकारको उद्देश्य धेरैलाई ऋण दिएर अर्थिक गतिविधि चलायमान बनाउनु रहेको छ । सरकारको यो स्कीमले सरकारप्रति जनता र निजी क्षेत्रको विश्वास बढ्ने छ । सरकारले आफ्नो आर्थिक क्षेत्रको महत्वपूर्ण कार्यक्रमरुपमा यसलाई ल्याउँदैछ । कार्यक्रम निश्चय नै महत्वपूर्ण देखिन्छ । आर्थिक गतिविधि चलायमान गर्न यसले सघाउ पुर्याउने विश्वास पनि गर्न सकिन्छ । तर मुख्य कुरा ऋण लिन प्रक्रिया र धितो राख्ने विधि के कति सरल हुन्छ, त्यो महत्वपूर्ण कुरा हो । धेरै झन्झटिलो भयो भने मानिसको आकर्षण कम हुन सक्छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१