पोखरा । कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सव अवसरमा बैंकको गण्डकी प्रदेश कार्यालय पोखराले नयाँबजारमा वार्षिकोत्सव समारोह आयोजना गरेको छ । बैंकले कर्मचारी सम्मान, रक्तदान कार्यक्रम गर्नुका साथै विन्ध्यवासिनी मन्दिरमा वाटर डिस्पेन्सर सहयोग ग¥यो ।
समारोहमा बैंकमा २५ वर्ष सेवा गरेका १० जना र २० वर्ष सेवा गरेका २९ जना गरी ३९ जना कर्मचारीहरुलाई तक्मा र कदरपत्रसहित सम्मान गरिएको छ । उनीहरुलाई बैंकका प्रदेश निर्देशक रघुनाथ न्यौपाने र बैंक पोखराका मुख्य शाखा प्रबन्धक माधव रिजालले सम्मान गरेका हुन् ।
यस्तै, बैंकको मुख्य कार्यालय काठमाडौंबाट प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीमध्ये गत वर्ष उत्कृष्ट भई पुरस्कृत ३ कर्मचारीलाई समेत नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बैंकका प्रदेश निर्देशक न्यौपाने, बैंक पोखराका मुख्य शाखा प्रबन्धक रिजाल, पोखराका वरिष्ठ शाखा प्रमुख महेश पौडेल, कृषि विकास बैंकमा क्रियाशील युनियनहरु कृषि विकास बैंक कर्मचारी संगठन गण्डकी प्रदेश समितिका संयोजक भेषराज घिमिरे, नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक प्रदेशका अध्यक्ष बद्रीनारायण पौडेल लगायतले बोलेका थिए ।
बैंकमा क्रियाशील २ युनियन कृषि विकास बैंक कर्मचारी संगठन र नेपाल वित्तीय संस्था कर्मचारी संघ गण्डकी प्रदेश समितिको आयोजनामा विन्ध्यवासिनी मन्दिरमा दर्शनार्थी भक्तजनको सुविधाको लागि बहुसुविधाको खानेपानी फिल्टर गर्ने मेसिन (वाटर डिस्पेन्सर) विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठलाई हस्तान्तरण गरे ।
यसैबीच, सो अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भयो ।
Related News
सम्बन्धित समाचार
महिला उत्थानमा सीप विकासका ४७ वर्ष
संघ सरकारको दबदबा कायमै : रोशन गाहा
‘बजेट खर्च बढाउन ऐन संशोधन’
संघीयताको जग बनेको रहेनछ : पञ्चराम
सिस्टमको विकास गर्दैछौं : हरिबहादुर चुमान
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१