पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस महिनाभर लागु औषधका ११ जाहेरी परेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै ती जाहेरी आधारमा लागु औषधसहित १८ पुरुष र २ महिला गरी २० जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।
प्रहरीले उनीहरुको साथबाट बुफ्रिनर्फिन २ सय १९ एम्पुल, डाइजापाम २ सय २१ एम्पुल, फेनेरागन २ सय २० एम्पुल, नाइट्रोभ्याट ६० चक्की र गाँजा १ केजी १० ग्राम बरामद गरेको जनाएको छ ।
यस्तै, कास्की प्रहरीले माघको यस अवधिसम्म लागु औषध मुद्दामा २ जनालाई पक्रेको छ । पोखरा जिरो किलोमिटरबाट १ किलो ३ सय ग्राम गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लुम्ले घर भई पोखरा ५ बस्ने २९ वर्षका सन्तोष विक र सोही गाउँपालिका १० घर भई पोखरा २९ बस्ने २५ वर्षका सूर्य सुनार छन् ।
गत पुसमा १ सय ६ जाहेरी दर्ता भएकोमा १ विदेशीसहित ७५ जनालाई पक्राउ परिएको कास्की प्रहरी प्रमुख श्रेष्ठले बताए । तीमध्ये १ विदेशी पुरुष, नेपाली ६६ पुरुष र ८ महिला छन् ।
कार्यालयमा बैंकिङ कसुर २७, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरका १५, झुन्डिई आत्महत्या गरेको १६, भवितव्य ज्यान ७, सवारी ज्यान ४, ठगी र जबरजस्ती करणीका ३–३, जबरजस्ती करणी उद्योग २, चोरी, ज्यान मार्ने उद्योग, आगो लगाई आत्महत्या, हाम फाली आत्महत्या,
बालयौन दुरुपयोग र विष सेवन गरी आत्महत्याका १–१ गरी कुल १ सय ६ जाहेरी दर्ता भए ।
यस्तै, प्रहरीले हराएका २७ थान मोबाइल समेत फेला पारी सम्बन्धित मोबाइल धनीलाई फिर्ता गरेको जनायो ।
पत्रकार सम्मेलनमा कास्की प्रहरी प्रमुख एसपी श्रेष्ठले पुसमा ३७ वटा जनचेतनामूलक कार्यक्रम समेत सम्पन्न गरेको जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१