पोखरा । नेपालका स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) को १७ आंै स्थापना दिवसको अवसर पारेर पोखरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
कार्यक्रममा गण्डकी आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकार स्थानीय रेडियोसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए । सूचनाको संवाहक सञ्चारमाध्यमले सधंै निश्पक्ष भएर विचार राख्न दिनुपर्नेमा उनले जोड दिए । राज्यको चौथो अंग एक व्यक्ति वा संस्थाको आग्रह पूर्वाग्रहमा नलागी अगाडि बढेमा मात्र आम नागरिकलाई सही सूचना प्रवाह गर्न सकिने उनले बताए ।
गण्डकी प्रदेशमा आमसञ्चार विधेयकको मस्यौदा अन्तिम चरण पुगेको र अब छिट्टै संसदमा लैजाने जानकारी उनले दिए । सञ्चारसमबन्धी ऐन नियम र अधिकारलाई प्रभावकारी बनाउने विषयमा सम्वन्धित निकायको राय सल्लाह, सुझाव अनुसार प्रदेश सरकारले अगाडि बढाउने उनको भनाइ थियो ।
कार्यक्रममा प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद तथा लेखा समिति संयोजक कुमार खड्काले सञ्चार माध्यमले सूचना मात्र प्रशारण गर्ने होइन विचार पनि प्रस्तुत गर्ने भनाइ राखे । उनले भने, ‘व्यवसाय जीवन रक्षा कोष भनेर प्रदेश सरकारले कोष बनाएको छ त्यसले कोभिडका कारण धरासायी बनेका व्यसायलाई राहत दिलाउने क्रममा रेडियो, टेलिभिजन, पत्रपत्रिका लगायत लोकतन्त्रसँग जोडिएका सेवामूलक व्यवसाय बचाउन काम गर्नेछ,’ उनले भने ।
संस्थाका संस्थापक अध्यक्ष शिवलाल मल्लले १६ वर्ष अगाडि पोखराबाट केही सिमित रेडियोबाट सुरु भएको संस्थाले आज देशभरका रेडियो समेट्न सकेकोमा खुसी व्यक्त गरे । उनले स्थानीय रेडियोलाई स्थानीय सरकारले पार्टनरको रुपमा लिएर सहकार्य गरे समाजमा सहजरुपमा जनचेतना फैलाउन सकिने बताए ।
पूर्वअध्यक्ष विष्णुहरि ढकालले राज्यको व्यवस्था परिवर्तनमा रेडियोको महत्वपूर्ण भुमिका रहेको बर्ता । बानका निर्वतमान अध्यक्ष गोपालकुमार झाले हामीले आउने पुस्ताको बारेमा सोच्नुपर्ने बताए ।
बानका अध्यक्ष चन्द्र न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा कास्की कांग्रेस सभापति कृष्ण केसी, पोखरा महानगरपालिका– ६ का अध्यक्ष जगत पहारी, नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेल, क्रियाशील पत्रकार महिला गण्डकी प्रदेश संयोजक सरीता तिमिल्सेना पंगेनी, नागरिक समाज पोखराका संयोजक इन्द्रकमल मानन्धर लगायतले शुभकामना व्यक्त गरेको बान महासचिव दुर्गा अधिकारीले बताइन् । ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानमा देशभरका करिब ३ सयको हाराहारीमा रेडियो आवद्ध छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१