पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ वडा कार्यालय भवन बन्ने भएको छ । रत्नचोकमा १ करोड ८० लाखको लागतमा वडा कार्यालय भवन निर्माण हुने भएको हो ।
दुई रोपनी ६ आना क्षेत्रफलमा बन्ने सुविधा सम्पन्न कार्यालयको बिहीबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बरालले संयुक्त रुपमा शिलान्यास गरे । १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी दीपज्योति कन्ट्क्सन प्रालिले ठेक्का पाएको छ । अहिले वडा कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख मानबहादुर जिसीले सेवा प्रवाहलाई व्यवस्थित र नागरिकलाई सहज रुपमा सेवा पु¥याउने उद्देश्यले वडा कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखिएको बताए । उनले पोखरा महानगरपालिका विधि र कानुनको पालना गर्दै आफ्नो भिजन र मिसन अनुसार अगाडि बढेको जानकारी गराए । मेयर जिसीले विकास र परिर्वतन रातारात सम्भव नहुने भन्दै पोखरा महानगरबासीमा आसा र विश्वास लगाउने गरी काम गर्न आफू लागि परेको बताए ।
उपप्रमुख मञ्जुदेवी गुरुङले नागरिकलाई सेवा प्रवाह सहज बनाउन पूर्वाधारमा जोड दिइएको बताउनुभयो। वडा कार्यालय निर्माण गर्न कार्यालयहरु व्यवस्थित हुनुपर्ने भन्दै त्यही अनुसार वडा कार्यालय निर्माणलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताइन् । वडा कार्यालय निर्माणमा नागरिकहरुले निगरानी र खवरदारी गरेर समयमै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिइन् । गुरुङले कोरोना भाइरसका कारण विकासका आयोजना प्रभावित भएको समेत बताइन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले कार्यालय भवन निर्धारित सयममै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गदै कर्मचारीभित्र र सेवाग्राही बाहिर हुने अवस्थाको अन्त्य गर्ने गरी कार्यालयहरुको डिजाइन गर्न इन्जिनियरहरुलाई निर्देशन दिए ।
वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रमममा नेकपा वडा नम्बर ७ का अध्यक्ष पुरुषोत्तम रेग्मी, नेपाली कांग्रेसका वडा सभापति नवीन बराल, महानगरका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले, वडा सदस्यद्वय प्रभा पन्त र किशोर बराल लगायतले
बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१