राष्ट्रपति र प्रमविरुद्ध नाराबाजी गर्नेलाई कारबाही माग

आदर्श समाज संवाददाता
पौष २७, २०७७
women news

पोखरा । राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध आपत्तिजनकरुपमा नाराबाजी गर्नेलाई कारबाही माग गरिएको छ ।

अखिल नेपाल महिला संघ कास्कीले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

अनेम केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद मित्रकुमारी गुरुङ सुवेदीको नेतृत्वमा गएको टोलीले प्रजिअ ढकाललाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रको सम्मानित पदमा आसिन व्यक्तिविरुद्ध अर्मादित भाषा प्रयोग गर्ने कार्य तल्लोस्तरको भएको भन्दै कारबाहीको माग गरिन् ।

केही दिनयता सार्वजनिक कार्यक्रम, भेला, जुलुस, नारा एवं सामाजिक सञ्जालबाट राष्ट्रपति र प्रधानमन्त्रीविरुद्घ आपत्तिजनक रुपमा नाराबाजी तथा भाषा प्रयोग गरिएकोले कारबाही गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

hero news full width