पोखरा । त्रिदिवसीय राष्ट्रिय एकता दिवसको पहिलो दिन शनिबार ‘भारतवर्षमा जीसस’ कृति लोकार्पण तथा साहित्यिक सभा भएको छ । कृतिको त्रिदिवसीय राष्ट्रिय एकता दिवस मूल समारोह समिति संयोजक शंकर खराल र लेखक सेवान तामाङले लोकार्पण गरे ।
कृति चर्चा गर्दै समीक्षक दीपक पराजुलीले कृति जीसस भारतमा बसे बसेनन् मात्र केन्द्रित नरहेर जीसससँग जोडिएका भ्रम चिर्न महत्वपूर्ण ग्रन्थ भएको बताए । पराजुलीले कृतिलाई पछिल्लो समय अनुवाद भएका कृतिमध्ये पढ्नैपर्ने पुस्तकका रुपमा टिप्पणी गरे ।
अनुवादक डा. नारायणप्रसाद अधिकारीले हिजो जीससले प्रवचन दिने क्रममा स्वास्थ्य र शिक्षामा जोड दिएको चर्चा गर्दै वर्तमानमा त्यही आधारभूत आवश्यकतालाई माध्यम बनाएर धर्म परिवर्तनको शृंखला बढ्नु चिन्ताको विषय भएको धारणा राखे ।
अर्का अनुवादक प्राडा यामबहादुर पौडेल क्षत्रीले अनुवाद सन्दर्भ बारे बोल्दै २ वर्ष लगाएर गरिएको अनुवादले आफूलाई पनि सन्तोष मिलेको बताए । २९९ औं राष्ट्रिय एकता दिवस मूल समारोह समितिका संयोजक शंकर खरालले एकता दिवसको महत्व र सार्थकता सबैले बुझ्न आवश्यक रहेको बताउँदै जीससका नाममा गरिएका भ्रम चिर्न पुस्तक महत्वपूर्ण उपलब्धि भएको धारणा राखे ।
गीताञ्जली साहित्य परिवारका अध्यक्ष शिवप्रसाद गौतमले त्रिदिवसीय २९९ औं पृथ्वीजयन्ती तथा एकता दिवस समारोहको दोस्रो दिन गीताञ्जली साहित्य परिवारको आयोजनामा जिल्लास्तरीय खुला कविता प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा डा जगन्नाथ रेग्मी, विश्वहिन्दू महासंघ कास्कीका अध्यक्ष पार्वता पौडेल, कवि निर्मला अर्याल, निर्मला सुनारलगायतले राष्ट्रिय एकता दिवसको सन्दर्भ र सार्थकताबारे रचना तथा धारणा राखेका थिए । त्रिदिवसीय कार्यक्रमको पहिलो दिनको कार्यक्रम जरोटुप्पो संरक्षण साहित्य समाज नेपाल र विश्व हिन्दू महासंघ कास्की शाखाको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
समारोहको दोस्रो दिन २६ गते खुला कविता प्रतियोगिता र २७ गते चिप्लेढुंगाबाट शोभायात्रासहित पृथ्वीचोकमा पुगेर मूख्य समारोह सम्पन्न गरिने मूल आयोजक समितिका महासचिव नारायण हरी तिवारीले जानकारी गराए ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१