जाकर्ता । इन्डोनेसियाका अधिकारिहरुले विमान दुर्घटना भएको स्थल पत्ता लगाउन सफल भएको बताएका छन् । ६२ जना सवार श्रीविजाया एअरको बोइङ्ग ७३७ विमान शनिबार दुर्घटनामा परेको हो ।
राजधानी जकार्ताबाट उडेको केहीबेरमै विमान दुर्घटनामा परेको हो । उडान भरेको चार मिनेटपछि नै विमान राडारबाट हराएको थियो ।
जकार्ताबाट पोन्तिएनाकका लागि उडेको विमान दुर्घटनामा परेको हो । विमान जकार्ता नजिकको आइल्याण्ड आसपासमा दुर्घटनामा परेको अनुमान छ ।
विमान दुर्घटना भएको क्षेत्रमा १० भन्दा बढी पानी जहाज पठाइएको छन् । साथमा नेभी डाइभर पनि छन् ।
दुर्घटनाग्रस्त विमानको भग्नावशेष ठानिएको सामग्रीको अनुसन्धानकर्ताले त्यसको विश्लेषण गरेका छन् ।
राति स्थगित गरिएको उद्धार तथा खोजी अभियान आइतबार बिहान सुरु भएको अधिकारीले बताएका छन् ।
दुर्घटनामा परेको विमान ७३७ म्याक्स भने होइन । बोइङ्गको ७३७ म्याक्स लगातार दुर्घटनाका कारण हाल विश्वभर ग्राउण्डेड छ । तर बोइङ्गकै अर्को मोडलको विमान इन्डोनेशियामा दुर्घटनामा परेको हो ।
विमानमा १२ बालबालिकासहित ५० यात्रु र चालक दलका १२ सदस्य थिए ।
Related News
सम्बन्धित समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१