पोखरा । गण्डकी प्रदेशकै उत्कृष्ट फुटबल प्रतियोगिता अन्र्तगत १८ औं संस्करणको आहा रारा गोल्ड कप २०७६ बाट १८ लाख ९७ हजार ६ सय ५७ रुपैयाँ बचत भएको छ । गत फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रंगशालामा भएको उक्त प्रतियोगिताबाट ८८ लाख १० हजार ३ सय ६६ रुपैयाँ आम्दानी हुँदा उक्त रकम बचत भएको सहारा क्लबले जनाएको छ ।
‘खेलकूदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकूद पर्यटनको शहरको रुपमा स्थापित गरौैं’ भन्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगिता सम्पन्न गर्न भने ६९ लाख १२ हजार ७ सय ९ रुपैया खर्च भएको क्लबले बुधबार जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख छ । उक्त प्रतियोगिताको प्रवेश टिकटबाट मात्र २८ लाख ७ हजार ४ सय ७० रुपैया संकलन भएको प्रतियोगिताका आर्थिक संयोजक सुनिल गुरुङले बताए ।
त्यसै गरी व्यानर तथा आर्थिक सहयोगबाट १६ लाख ६८ हजार ७ सय ७२, सिजनल टिकटबाट ३६ हजार, बैंक ब्याज आम्दनीबाट ४२ जहार १ सय ४५ रुपैयाँ आम्दानी भएको उनले जनाए । मुख्य प्रायोजक आहा तथा रारा तयारी चाउचाउबाट १२ लाख ५१ हजार, गण्डकी प्रदेश सरकारबाट १० लाख, हिमांश एजुकेसन कन्सेल्टेनसीबाट ४ लाख, राखेपबाट ३ लाख ४७ हजार ५ सय २९, गोर्खा ब्रुअरीबाट ३ लाख ५० हजार, सहारा क्लव हङकङबाट २ लाख ७ हजार ४ सय ५० रुपैया लगायतका संघ संस्थाबाट सहयोग प्राप्त भएको क्लवले जनाएको छ ।
त्यसै गरी प्रतियोगितामा खेलाडी दैनिक भ्रमण खर्च वापत २५ लाख ७ हजार १ सय ६८, प्रोत्साहन खर्च १६ लाख १२ हजार, प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन खर्च ६ लाख ८२ हजार ७ सय ५०, व्यानर कपडा एवं लेखाई खर्च २ लाख ३० हजार, खेल मैदानको लागि जिल्ला खेलकुद विकास समितिलाई ४ लाख, रेफ्री खर्च १ लाख ९४ हजार, रेफ्रि यातयात खर्च १ लाख २८ हजार ३ सय ९५ लगायतका शिर्शकमा खर्च भएको क्लवका कोषाध्यक्ष राजु लालचनले जनाए ।
बचत भएको उक्त रकम क्लबले सहारा एकेडेमीमा रहेका बालबालिकाहरुको लागि खर्च गर्दै आएको अध्यक्ष केशवबहादुर थापाले बताए । कोरोनाको कारणले गर्दा अझै पनि केही रकम संकलन हुन बाँकी रहेको जसले गर्दा यस वर्ष आय व्यय ढिलो सार्वजनिक गरिएको क्लबले जनाएको छ ।
नेपाल पुलिस क्लवलाई फाइनलमा पराजित गर्दै नेपाल आयल निगम मनाङ मस्र्याङदी क्लवले आहा रारा गोल्ड कपको उपाधिसहित नगद १० लाख एक हजार रुपैया पुरस्कार हात पार्न सफल भएको थियो । प्रतियोगितामा भारतको एक सहित १० टिमको सहभागिता थियो । यो वर्षको प्रतियोगिता हुुने नहुने अझै टुंगो लागेको छैन ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१