पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले शनिबार वालिङ–४ खाल्टे एलादीको जेठी कन्यादेवी प्राविका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ ।
क्लबका संस्थापक अध्यक्ष एवं रिजन चेयरपर्सन वासुदेव कोइरालाले सामाग्री हस्तान्तरण गर्दै चिसो मौसमसँगै अध्ययन सुरु गरेका विद्यार्थीका लागि सहयोग गरेर गभर्नरको लक्ष्यलाई महत्वपूर्ण दिन हुन क्लबहरूलाई आग्रह गरे ।
क्लब अध्यक्ष मोहनराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा जनप्रतिनिधि निर्मला खनाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिरसम गुरूङ, निवर्तमान अध्यक्ष भरतराज सिग्देललगायतले बोलेका थिए ।
नर्सरीदेखि कक्षा ५ सम्मका ३६ जना विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामग्री, मास्क, सेनिटाइजर वितरण गरिएको थियो ।
कार्यक्रममा स्वागत विद्यालय प्रअ चिनु गुरूङ, धन्यवाद ज्ञापन कार्यक्रम संयोजक रूक गुरूङ र सञ्चालन क्लब सचिव दामोदर आचार्यले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१