हेमजा । नेपाल बार एशोसिएसन केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले सञ्चारकर्मी समाजको सचेत वर्ग रहेकाले संविधानमा भएका प्रावधान अध्ययन गरी वास्तविक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रेस संगठन नेपाल कास्कीको बिहीबार भएको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन गैरसंवैधानिक रहेको उनको टिप्पणी थियो ।
नेपालको संविधानमा संसद् विघटनको परिकल्पना नगरिएको बताउँदै अधिवक्ता थापामगरले संसदबाट प्रधानमन्त्री निर्वाचित हुन नसकेको अवस्थामा मात्र विघटन हुन सक्ने स्पष्ट पारे ।
रिष्ठ पत्रकार कोमलनाथ बरालले पत्रकारले निर्धक्कसाथ सत्यतथ्य समाचार पस्किनुपर्ने बताए ।
भेलामा वरिष्ठ अधिवक्ता तिलक आचार्य, पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेल, सल्लाहकार नवराज सुवेदी, पत्रकार राजु भण्डारी, प्रेस संगठनका सहसंयोजक सन्देश श्रेष्ठलगायतले विभिन्न खालका भ्रम र अफवाह फैलिरहेको अवस्थामा सही र तथ्यमूलक समाचार सम्प्रेषण गर्ने दायित्व पत्रकारको रहेको बताए ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१