देश खिचातानीको भुमरीमा :  रामचन्द्र पौडेल

आदर्श समाज संवाददाता
पौष १६, २०७७
ram chandra paudel

पोखरा। नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीले संसद भंग गरेर खिचातानीको भुमरीमा देशलाई पार्न खोजेको आरोप लगाएका छन् । ‘ओलीको चुनाव गर्ने मनसाय छैन, सर्वसत्तावाद र निरंकुशतातर्फ देशलाई अघि बढाएका छन्, उनी शासक बन्न संसद भंग गरेका हुन्,’ पौडेलको आरोप छ ।

४५ औं राष्ट्रिय एक तथा मेलमिलाप दिवस अवसरमा नेपाली कांग्रेस कास्कीले पोखरामा बिहीबार आयोजना गरेको ‘वर्तमान अवस्थामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले जनताको थलो भंग गरेर देशलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको अखडा बनाई अफ्गानिस्तानजस्तो बनाउन लागेको पनि नेता पौडेलले आरोप लगाए ।
‘संसद पुनस्र्थापना नै अहिलेको समस्या समाधान हो,’ पौडेलले भने, ‘निर्वाचनमा गए कांग्रेसलाई फाइदा होला तर ७० वर्ष लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र धरापमा पर्छ । यसले हामीलाई शान्ति दिँदैन, त्यसैले प्रतिनिधिसभा पुनस्र्थापना अहिलेको आवश्यकता हो ।’

जनताले वामगठबन्धनलाई ५ वर्षसम्म सरकार चलाउन भनी म्यान्डेट दिएका हुन् तर पार्टीभित्रको विवाद मिलाउन नसकेर गैरकानुनी तवरले संसद भंग गरी जनताको चाहना र इच्छामाथि कुठाराघात गर्न नहुने उनले बताए । कांग्रेस निर्वाचनबाट नडराएको भन्दै उनले ओलीसँग पनि चुनाव लड्ने दोहो¥याए ।

कार्यक्रममा पूर्व सभामुख एवं कांग्रेस पूर्व महामन्त्री तारानाथ रानाभाट, कांग्रेस नेता शुक्रराज शर्मा, पूर्व मन्त्रीहरु कुमार खड्का, यज्ञबहादुर थापा, कांग्रेस नेता सोभियतबहादुर अधिकारी, खेमराज पौडेल, देवराज चालिसे, गण्डकी प्रदश सांसद बिन्दुकुमार थापा, जिल्ला सभापति कृष्ण केसीलगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width