म्याग्दी ।
म्याग्दीको मालिका गाउँपालिका –६, दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र स्थापना भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र समेत रहेको दरबाङ बजारमा नेपाल रेडक्रस म्याग्दी शाखाले सो उपचार केन्द्र स्थापना गरेको हो ।
जिल्लाको पश्चिम भेगमा पहिलो पटक आँखा उपचार केन्द्र स्थापना भएपछि सहज भएको स्थानीयको भनाइ छ । दरबाङ बजारमा प्राथमिक उपचार केन्द्र स्थापना भएछि सहज भएको देविस्थानबाट आएका आँखा रोगी यमन पुनले बताए ।
दरवाङमा आँखा उपचार केन्द्र स्थापना भएपछि मालिका, धवलागिरी, मंगला र छिमेकी जिल्ला बागलुङको पश्चिम भेगमा रहेको तमानखोला गाउँपालिका बासीहरुलाई समेत सुविधा पुग्ने नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपकोषाध्यक्ष मोतिराज गौतमले बताए ।
पहिले जस्तो आँखा सम्बन्धी सामान्य समस्या हुँदा समेत बेनी, बागलुङ र पोखरा पुग्नुपर्ने समस्या हट्ने रेडक्रस सोसाइटी उपशाखा फूलबारीका सहसचिव अमृत सापकोटाले विश्वास व्यक्त गरे ।
केन्द्रबाट आँखा परिक्षण, उपचारका साथै सुपथ मूल्यमा औषधी र चस्मा वितरण सम्बन्धी सुबिधा उपलब्ध हुँदै आएको केन्द्र प्रमुख सबिना बरालले बताइन् । उनका अनुसार, जटिल रोगका बिरामीलाई पोखरा र छिमेकी जिल्ला बागलुङको उपल्लाचौर रिफर गरिएको छ ।
५० रुपैयाँ सेवा शुल्क तोकिएको केन्द्रमा ज्येष्ठ नागरिकहरुका लागि निशुल्क नामदर्ताका साथै १ महिनाभित्र दोस्रो पटक आउने बिरामीलाई ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ ।
जिल्ला शाखाको सहयोगमा दरबाङमा प्राथमिक आँखा उपचार केन्द्र स्थापना भएको बताउँदै उपचार केन्द्रलाई दीर्घकालीन बनाउन र व्यवस्थापनका लागि रेडक्रस दरबाङ उपशाखाले पनि स्थानीय तहसँग समन्वय गर्ने सचिव हिराबहादुर पुनले बताए । उनले सहयोगको लागि अपिल गरे पनि गाउँपालिकाले बेवास्ता गरेको गुनासो व्यक्त गरे ।
सहयोगका लागि वडा कार्यालयलाई पनि आग्रह गरिएको बताउँदै उपचार केन्द्र सञ्चालनका लागि आफूहरुले स्थानीयवासी लगायत विभिन्न संघसंस्थालाई पहल गर्ने र सहकार्य गर्ने उनको भनाई छ ।
जिल्ला सदरमुकाम बेनीमा रेडक्रस सोसाइटीको साथै नेत्रज्योति संघ र बेनी अस्पतालले पनि आँखा उपचार सेवा दिइरहेका छन् । यस अघि बाहिर जान नसक्ने गरिब, विपन्न र अशक्तहरुले शिविर कुरेर बस्नुपर्ने समस्या थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
मानव सेवा अश्रममा खाना खुवाइयो
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१