पोखरा । संसद विघटन अलोकतान्त्रिक भएको आरोप लगाउँदै तल्ला तहमा आलोचना र विरोध भइरहेको छ । नेकपाकै भ्रातृ संगठन समेत आन्दोलनमा निस्किएका छन् । कांग्रेस, जनता समाजवादी पार्टी र साझा विवेकशील पार्टीले पनि विरोधका कार्यक्रम गरिरहेका छन् ।
विघटनको प्रस्ताव गर्नेबित्तिकै पहिलो पटक पिएन क्याम्पसबाट अनेरास्ववियुले राँके जुलुस सहित प्रदर्शन ग¥यो । त्यसपछि नेविसंघले महेन्द्रपुलमा निर्णयको विरोधमा नाराबाजी घन्कायो । विवेकशील साझा पार्टीले असंवैधानिक र अलोकतान्त्रिक निर्णय भन्दै सडकमा उत्रियो ।
नेपाली कांग्रेस कास्कीले महेन्द्रपुलमा सोमबार विरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट नाराबाजीसहित निस्किएको समूहले संसद विघटन विरुद्ध विरोध जनाएको हो । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व सभामुख तारानाथ रानाभाटले संसद विघटन गर्ने ओलीको कदम संविधानको खिलापमा रहेको बताए ।
‘संसद विघटन कुनै पनि हिसाबले जस्टिफाई हुँदैन । महामारीले देशभित्र सिर्जना गरेको बेरोजगारीले आक्रान्त छ । अभाव र गरिबी बढेको छ । यो आर्थिक स्थितिलाई चुनावले कति सहयोग पुग्ला ?,’ उनले भने, ‘अघिल्लो चुनावमा ४७ करोड अमेरिकी डलर खर्च भएको हो । यसको हिसावले कति अर्ब जाला ? यो पैसा कोरोना नियन्त्रण र बेरोजगारी अन्त्यका लागि खर्च गरेको भए कति ठूलो राहत दिन सक्थ्यो ।’
कांग्रेस कास्कीका पूर्व सभापति शुक्रराज शर्माले कम्युनिजम नै देशबाट परास्त गर्न एकजुट रहन आह्वान गरे । ‘सबै कुराबाट मुक्ति दिलाउन कम्युनिस्टहरु बाधा बनेका छन् । हामी अगुवाई गर्छौं । तपाईंहरु साथ दिनुस्,’ उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो लहडबाजीबाट जुन काम गरेका छन्, यो संविधानमाथि खेलवाड भएको छ । यसको भत्र्सना मात्रै गरेर पुग्दैन । भोलि नदोहोरिने गरी अन्त्य गर्नुपर्छ ।’
कांग्रेस कास्कीका सभापति कृष्ण केसीले सरकारले जनमतमाथि अपराध गरेको बताए । ‘मान्छे मार्नेहरु मात्रै अपराध हुन्छ भन्यौं । बलात्कार गर्ने मात्रै अपराधी हुन्छन् भन्यौं । तर नेपाली जनताको भावना र मत बीचैमा सदन विघटन गरेर राजनीतिक अस्थिरता सिर्जना गर्ने खड्ग ओली पनि अपराधी हुन्,’ उनले भने, ‘बलात्कार गर्नेले एउटामाथि गर्न सक्छ । भ्रष्टाचार एउटाले गर्न सक्छ । तर ओलीले ३ करोड नेपालीमाथि अपराध गरेका छन् । यो क्षमा दिने अपराध छैन ।’
नेविसंघ कास्कीका पूर्व सभापति विकास थापाले चुनावका लागि तयार रहन आह्वान गरे ।
कम्युनिस्ट पार्टीकै विद्यार्थी संगठनले प्रधानमन्त्रीको पुतला दहन गरेकाे छ । अनेरास्ववियु, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर बनाएर पुतलाको रुपमा दहन गरेका हुन् । यद्यपि प्रहरीले प्रधानमन्त्री विरुद्धको प्रदर्शनमा अवरोध गरेको थियो । प्रशर्दनकारीहरुले संसद विघटनको निर्णय विरुद्ध निरन्तर सडकमा प्रदर्शन जारी राख्ने बताए ।
विवेकशील साझा पार्टीले संसद विघटनको विरोधमा व्यानर र प्लेकार्डसहित विरोध दर्शायो । ‘राष्ट्रपतिले आफ्नो गरिमा समेत कायम नराखेर अधिनायकवादी व्यवस्था लाद्ने कदम भयो,’ नेता रजनी केसीले भनिन्, ‘संविधानले सदन विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको छैन । संसदबाटै बैकल्पिक सरकार गठन गर्न सकिन्छ । यसको विरोधमा हामी सडकमा उत्रिन वाध्य भएका छौं ।’ संविधानका प्रावधानलाई भाँडाकुटीको खेल बनाएको विवेकशील साझाको आरोप छ ।
उता, युवा संघले भने प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन गरेकाे छ । गलत मान्छेको हातमा सत्ता सुम्पिनुभन्दा जनतालाई जिम्मा लगाउनु उपयुक्त कदम भएको भन्दै प्रधानमन्त्रीको समर्थन गरे । युवासंघका केन्द्रीय उपाध्यक्ष माधव बास्तोलाले प्रधानमन्त्री विरुद्ध आफ्नै पार्टीले गुटबन्दी गर्दा उनीहरु नै पाखा लागेको बताए ।
‘गलत मान्छेको हातमा सत्ता सुम्पेर मुलुकलाई बर्बाद गर्नुभन्दा प्रधानमन्त्रीले जनतालाई देश र अधिकार सुम्पिनु भएको हो,’ उनले भने, ‘अब हिम्मत भए जनमत लिएर सरकारमा जानुस् ।’
बास्तोलाले भ्रष्टाचारीलाई कारबाही हुने भन्दै प्रचण्ड र माधव पक्षलाई तर्साए । ‘भ्रष्टाचारीलाई कारबाही गर्नुस् । तपाईंलाई हामी समर्थन गरिरहेका छौं । तपाईंको कदमको समर्थन गरिरहेका छौं,’ ओलि इतर पक्षलाई ईंगित गर्दै ओलीलाई उनले भने, ‘कहिलेकाहीँ आफैले जन्माएको छोरो पनि अपराधी हुन सक्छ । त्यो अपराधीलाई कारबाही गर्नुपर्छ ।’ उनका अनुसार यही १० गते युवा संघले पोखरामा विचार गोष्ठी आयोजना गरेको छ ।
अनेरास्ववियु कास्कीका अध्यक्ष विवेक देवकोटाले युवा संघ सँधै ओलीको समर्थनमा रहेको प्रष्ट्याए । कोणसभा पछि पुर्व एमाले समर्थित गीतहरु घन्काएर नाचगान समेत गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१