दाहाल-नेपाल समूहका ७ मन्त्रीले दिए सामूहिक राजीनामा

आदर्श समाज सम्वाददाता
पौष ५, २०७७
Pro_Ktm_Rajinama_b

सरकारका सात मन्त्रीहरुले सामूहिक राजीनामाको घोषणा गर्दै कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेशकुमार भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् । तस्वीरः प्रदीपराज वन्त, रासस

काठमाडौ।  सरकारमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका मन्त्रीहरूले राजीनामा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद्‍ विघटन गरेपछि दाहाल- नेपाल समूहका ७ मन्त्रीले राजीनामा हुन् ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि ७ मन्त्रीले सामूहिक राजिनामा दिएका हुन् ।

राजीनामा दिने मन्त्रीहरूमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन, कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई, वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेत, श्रम तथा रोजगारमन्त्री रामेश्वर राययादव र खानेपानी तथा सरसफाई मन्त्री विना मगर छन् ।

‘गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं,’ उनीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width