१. यस्तो घटना विरलै हुन्छ कि उद्घाटन गर्न गएका नेता आफै पुलिस हिरासतमा परोस् । पहिलो यस्तो घटना कहिले भएको थियो । त्यो सम्झन गार्हो छ । तर गत बुधबारका दिन तनहुँ जिल्लाको व्यास नगरपालिकामा निर्मित पुल उद्घाटन गर्न गएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको हकमा त्यस्तै भएको छ ।
२. वरिष्ठ नेता पौडेल व्यास नगरपालिका र उपभोक्ता समितिको अनुरोधमा व्यास नगरपालिका–१ र १० लाई जोड्ने बुल्दी खोलामाथि बनेको पक्की मोटरेवल पुल उद्घाटन गर्न गए । तर उनी जानुभन्दा केही समय पहिले त्यहाँ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको रहेछ । वरिष्ठ नेता पौडेल र नेपाली काँग्रेसका नेता र कार्यकर्ताहरुले त्यो निषेधाज्ञा तोडेर अघि बढ्दा उनलाई र कार्यकर्ताहरुलाई पुलिसले समातेर लगेछन् ।
३. त्यो घटनाको समाचार काठमाडौं र अन्य जिल्लाहरुमा पुग्यो । त्यो सुनेर काँग्रेस नेताहरु संवेदनशील भए । काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधामन्त्री केपी शर्मा ओलीलाई फोन गरेर वरिष्ठ नेता पौडेललाई तुरुन्त छोड्न आग्रह गरे । अन्य जिल्लाका काँग्रेस नेताहरु सलबलाए र केहीले तुरुन्त विज्ञप्ति निकालेर त्यो घटनाको भत्र्सना गरे ।
४. अकस्मात त्यस्तो घटना किन भयो, त्यो रहस्यमय छ । तनहुँका नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरु त्यो पुलको उद्घाटन आफ्नो पार्टीका सांसद कृष्णकुमार श्रेष्ठबाट गराउन चाहन्थे । सांसद श्रेष्ठले पनि त्यो इच्छा व्यक्त गरेको कुरा बाहिर आएका छन् । त्यसो भएर त्यहाँ राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेको र त्यो प्रदर्शन भएको निहुँमा प्रशासनले निषेधाज्ञा जारी गरेका रहेछन् ।
५. सामन्यतया समारोह आदिको उद्घाटन गर्न, प्रमुख अतिथि या विशेष अतिथि बन्न उपभोक्ता समिति र आयोजक समितिले आग्रह आमन्त्रण गर्ने गर्दछन् । आमन्त्रण स्वीकारेर जानु सदासयता हो र त्यसरी गएर उद्घाटन गर्नु सामान्य कुरा हो ।
६. कांग्रेसका वरिष्ठ नेता पौडेलले त्यही सामान्य कुरा गर्न खोज्दा असामान्य स्थिति आइपरेको छ । उद्घाटन गर्न गएका नेता प्रहरीको हिरासतमा परेछन् । सायद उनको जीवनको लागि पनि आफ्नो किसिमको पहिलो घटना होला । त्यो दिनभरि दमौली बजार तनाव ग्रस्त भयो ।
७. विकास निर्माणका साना ठूला काम धेरै भएका छन् । ती कामको शिलान्यास र उद्घाटन पनि हुने गर्दछन् । त्यसरी धेरै उद्घाटन र शिलान्यास हुने भएकोले त्यसको लागि नेताहरु पनि धेरै चाहिन्छन् । एउटै काममा त्यसरी धेरैले आँखा लगाउनु आवश्यक पनि छैन जस्तो देखिन्छ । आपसी समझदारीमा सौहार्दपूवक यस्तो काम हुन सक्दछ । यस्तो राम्रो काममा निषेधाज्ञा जारी गर्नु उपयुक्त होइन । त्यस्तो स्थितिमा सम्यक किसिमले सोचेर सभ्य निर्णय गर्न सक्नु पर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१