दमौली । पछिल्लो समय जिल्लामा होम आइसोलेसनमा बस्ने संख्यामा वृद्धि आएको छ। जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यहाँको हाल कोरोना सक्रिय सङ्क्रमित २ सय २० रहेका छन्। त्यसमध्ये २ सय १ होम आइसोलेसनमा बसेका छन्। बाँकी १९ संस्थागत आइसोलेसनमा बसेका छन्।
कार्यालयमा प्रमुख शंखरबाबु अधिकारीका अनुसार होम आइसोलेसनमा बस्ने मानिस इमानदार भए अस्पतालमा जस्तै घरमा पनि सुरक्षित हुने भएकाले होम क्वारेन्टिन प्रभावकारी देखिएको हो। ‘लक्षण नभएकाहरु अस्पतालको आइसोलेसनमा बस्न उपयुक्त ठान्न छाडे,’ उनले भने, ‘घरमा बसेपछि खानापान राम्रो हुने र छिटो निको हुने भएकाले पनि संख्यामा वृद्धि भएको हो। छुट्टै बस्न भौतिक संरचना नभएकाहरु संस्थागत आइसोलेसनमा बस्नुभएको छ ।’
यससँगै जिल्लामा सञ्चालनमा रहेका क्वारेन्टिन पनि विस्तारै खाली हुँदै गएको छ । लक्षण नभएका सङ्क्रमित अस्पताल जाँदा शैय्याको अभावमा जटिल बिरामीको उपचारमा समस्या आउने भएकाले पनि होम आइसोलेसनमा बस्न सरकारको निर्देशन छ। लक्षण देखिएका कोरोना सङ्क्रमित अस्पताल जानुपर्ने सरकारको मापदण्ड निर्धारण गरेकाले पनि होम आइसोलेसनमा बस्नेको संख्या वृद्धि हुँदै गएको प्रमुख अधिकारी बताउँछन्।
होम आइसोलेसनमा बसेर कोरोना सङ्क्रमणमुक्त महिलाका अनुसार यसरी बस्दा केही कठिन भए पनि परिवारको सहयोगले प्रभावकारी बन्छ। घरमै परिवारबाट छुट्टै बसरे गुर्जो, बेसारपानी र स्वासस्प्रस्वाससम्बन्धी व्यायाम गरे छिट्टै कोरोनालाई परास्त गर्न सकिन्छ।
हाल होम आइसोलेसनमा सबैभन्दा बढी व्यासमा ८५ जना बसेका छन्। भानुमा २७, भिमादमा २२, शुक्लागण्डकीमा २० रहेका छन् ।
तनहुामा हालसम्म १ हजार २ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ८ सय २४ जना निको भएका छन् भने १७ जनाको मुत्यु भएको छ ।
Related News
सम्बन्धित समाचार
माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१