वीरगञ्ज, १३ मङ्सिर । भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो ।
वीरगञ्ज महानगरपालिका–१६ बाइपासस्थित वैष्णो देवी मन्दिर नजिकै रहेको जय अम्बे ट्रेड एण्ड जेनरल अर्डर सप्लायर्सका दीपक भन्ने कामदारले रु ५०० मूल्य बराबरको अगरबतीको १०० खाली खोल ल्याउँदा सो कम्पनीले रु दुई लाख ५१ हजार जरिवाना तिर्नुपरेको छ । सो सप्लायर्स नीरजकुमार गुप्ताको नाउँमा दर्ता भएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवको नेतृत्वमा गएको टोलीले सो फर्ममा छापामार्दा उक्त मूल्य बराबरको भारतको बैंग्लोरमा रहेका निल पर्फुमरी वर्कसमा निर्मित केवडा, चम्पा र रजनीगन्धा नाम गरेको अगरबतीको खाली खोल बरामद गरेको थियो ।
स्थानीय केही अगरबत्ती बनाउने कम्पनीले भारतमा निर्मित चर्चित अगरबत्तीको खाली खोल ल्याएर त्यसभित्र स्थानीयस्तरमा उत्पादित अगरबत्ती प्याकिङ गरी बिक्री वितरण गरिहरेको सूचनाको आधारमा सो फर्ममा छापामारी मार्दा अगरबत्तीको खाली खोल भेटिएकाले जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका नायब सुब्बा दिलीप खंग खत्वेले बताए।
अनुगमन टोलीले उक्त फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ड) बमोजिम उपभोक्तालाई ढाटेर, झुक्याएर बिक्री गरेको कसुरमा सोही ऐनको दफा ३९ को खण्ड (घ) बमोजिम २ लाख ५१ हजार जरिवाना गरिएको बताइएको छ ।
टोलीमा नायब सुब्बा नारायणप्रसाद आचार्य, घरेलु तथा साना उद्योग कार्यालयका नासु अशोक पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नं २ का अध्यक्ष केसी लामिछाने, वीरगञ्ज महानगरपालिकाका अजित भुजेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षण पुष्कर भण्डारीको सहभागिता थियो ।
यस सम्बन्धमा थप जानकारीका लागि फर्मका प्रोप्राइटर नीरजकुमार गुप्तासँग सम्पर्क गर्दा आफूसँग खरिद गरेको भ्याट बिललगायत आवश्यक सबै कागजात भए पनि पसल बाहिर रहेका कामदारसँग सो अगरबत्तीको खाली खोल समातेकाले यसमा आफ्नाे संलग्नता नरहेको बताए।
यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको घुमुवा प्रहरी टोलीले मीनाबजारको टांगा स्टेण्डमा रहेको राजकुमार प्रसादको गोदाममा छापामारी तस्करी भई आएका करिब १६ बोरा प्याज नियन्त्रणमा लिएको छ । भारतले अन्य देशमा प्याज निकासीमा रोक लगाएपछि अहिले भारतीय बजार रक्सौलबाट क्यारियरमार्फत तस्करीका प्याज वीरगञ्ज बजारमा आउने गरेका छन् ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१