स्व. सूर्यबहादुर केसीको स्मृतिमा श्रद्धाञ्जली सभा

आदर्श समाज सम्वाददाता
कार्तिक २९, २०७७
kalika

पोखरा, २८ कात्तिक । कालिका बुहुमुखी क्याम्पस, पोखराले क्याम्पसका संस्थापक अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य सूूर्यबहादुर केसीको शुक्रवार श्रद्धाञ्जली सभा गरेको छ ।
सहभागीहरु कालिका क्याम्पससहित समग्र पोखराकै शैक्षिक, सामाजिक, धार्मिक क्षेत्रमा केसीको पुुर्‍याएका योगदानबारे चर्चा गरेका थिए ।

२०४८ सालमा स्थापित कालिका बहुमुखी क्याम्पसको स्थापनाकालदेखि नै केसीले सञ्चालक समितिको नेतृत्व गर्दै आएका थिए । केसीले आफ्नै निजी खर्चमा करिब ३ करोडको लागतमा क्याम्पसको प्रशासनिक भवन तथा सभाकक्ष र पुस्तकालय निर्माण सुरु गरेका थिए । भवन अझै निर्माणाधीन अवस्थामा रहेको छ ।

स्व. केसीकी श्रीमती प्रेमकुमारी केसी, छोराहरु प्रकाश केसी, किरण केसी र रोशन केसी र भाइ शत्रुघन केसी, क्याम्पसको संरक्षक सिनेटरको रुपमा रहेका छन् ।

श्रद्धाञ्जली सभामा केसीको जीवनीबारे चर्चा गर्दै सञ्चालक समिति सदस्य अधिवक्ता वीरेन्द्र केसीले उनको हरेक क्षेत्रमा योगदान रहेको बताए ।

नेपाल पब्लिक क्याम्पस संघका केन्द्रीय सदस्य तथा जनप्रिय क्याम्पस प्रमुख विरञ्जी गौतमले कालिका क्याम्पसलाई क्यूएए मान्यताप्राप्त क्याम्पसको रुपमा विकास गरी विभिन्न शैक्षिक कार्यक्रमहरु थप गर्ने स्व. केसीको सपना रहेको बताउँदै क्याम्पस सञ्चालक समितिले उहाँको सपनालाई पूरा गर्नुपर्ने विचार व्यक्त गरे ।

सभामा पोखरा १० का वडाध्यक्ष एवं सञ्चालक समिति सदस्य राजकुमार गुरुङले स्व. केसीको अनुपस्थितिमा उनका परिवारका सदस्यहरुले क्याम्पसको नेतृत्व गर्नुपर्ने बताए ।

प्राध्यापकतर्फबाट बीरबहादुर बुढाथोकीले बोल्दै क्याम्पस स्थापना र सञ्चालनमा केसीको ठूलो योगदान रहेको चर्चा गरेका थिए ।

सञ्चालक समिति सदस्य भीमसेन थापाको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा बोल्दै क्याम्पस प्रमुख रवीन्द्रनाथ बाँस्तोला, विद्यार्थी कल्याण समिति सदस्य समीक्षा चपाईले आफूले असल अभिभावक गुमाएको बताए ।
केसीको ६३ वर्षको उमेरमा गत कात्तिक १७ गते स्वर्गारोहण भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width