वालिङ, २३ कात्तिक । अवैध भरुवा बन्दुकसहित पक्राउ परेका एक व्यक्तिलाई प्रहरीले आईतबार सार्वजनिक गरेको छ । स्याङ्जाको बिरुवा गाउँपालिका २ बेसारडाँडाका भीमबहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
गुरुङको घरमा अवैध ईजाजत पत्रविनाको हातहतियार लुकाई छिपाई राखेको सूचनाका आधारमा प्रहरीले उनको घर गोठ खानतलासी गरेको थियो । सोक्रममा गोठमा काठको खलियामाथि घाँस तथा मकैको डाँठले लुकाई राखेको अवस्थामा एकनाले भरुवा बन्दुक फेला प्रहरी नायव स्याङ्जाका प्रहरी प्रवक्ता प्रनानी राजेन्द्रप्रसाद अधिकारीले बताए ।
भरुवा बन्दुकसँगै बन्दुकको नाल दुई थान, फलाम र शिसाको जस्तो देखिने छर्रा १२ थान, फलामको टुक्रा सानो तथा ठूलो गरी २३ थान, बारुद ५५ ग्राम फेला पारेको अधिकारीले बताए । बरामद सामनसहित पक्राउ परेका गुरुङलाई जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको अधिकारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१