समाजसेवी पौडेलको निधन

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७७
late kulchandra poudel

पोखरा । पोखरा महानगरपालिका वडा १७, डेभिज फलस्थित गुप्तेश्वर महादेव गुफाका संस्थापक सदस्य कुलचन्द्र पौडेल (हरिहरि बा) को ७४ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

समाजसेवी तथा धार्मिक व्यक्तित्व पौडेललाई पोखरा १७, बिरौटास्थित निवासमा हृदयघात भइ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको लागि लगिएकोमा उपचारक्रममा निधन भएको परिवारजनले जनायो । स्व. पौडेलको सोमबार रामघाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

गुप्तेश्वर महादेव गुफाको संस्थापक सदस्य भई सो क्षेत्रको विकासमा अनवरत रुपमा लागेका उनी केही समय पुजारीको रुपमा समेत सेवा गरेका थिए ।

उनका जेठा छोरा श्रीराम पौडेल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् भने कान्छा छोरा नारायण पौडेल डेभिजफल टोल विकास संस्थाको अध्यक्ष तथा गुप्तेश्वर महादेव गुफाको कार्यालय प्रमुख छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width