ग्रामीण स्वावलम्बन सहकारीको साधारणसभा

आदर्श समाज सम्वाददाता
कार्तिक ११, २०७७
gramin

स्याङ्जा । ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लिमिटेड, अर्जुनचौपारी–१, स्याङ्जाको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

गत असोज २७ देखि सुरु भई अन्तर समूहस्तरीय सो साधारणसभा १० दिन अवधिमा सम्पन्न भएको हो।

२०५९ सालमा स्थापना भएको सो सहकारीले पशुपालन, कृषि, तरकारी खेती, स्वरोजगार, लघुउद्यम कर्जा लगायत क्षेत्रमा लगानी गर्दै आएको जानकारी संस्थाका प्रबन्धक शालिकराम काफ्लेले दिए । कुल ४ हजार जना शेयर सदस्य रहेको सो संस्थाको शेयर पुँजी १ करोड छ ।

सहकारी अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा भएको साधारणसभाले आगामी दिनमा स्याङ्जामा दुग्ध संकलन केन्द्र, तरकारी संकलन केन्द्र र त्यसको बजारीकरण लगायत सेवा दिने निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width