पोखरा । पोखरामा ब्यवस्थित बसपार्क निर्माणको कुरा थालेको झण्डै ५ दशक वितिसक्यो । बसपार्क अहिलेसम्म बनेको छैन । बसपार्कलाई चुनावी नारा बनाएर धेरै सांसदहरु निर्वाचित भए तर बसपार्कको बेहाल उस्तै छ । पोखरा महानगरपालिकाले ४५ बर्षपछि बल्ल बसपार्क निर्माणको सामान्य तयारी थालेको छ । त्यहाँका अब्यवस्थित बसोबासीहरुलाई अन्यत्र जग्गा उपलब्ध गराएर त्यहाँ बसपार्क निर्माण गर्ने तयारी गरेको हो । यसैका लागि पोखरा १६ का अध्यक्ष जीवन आचार्यको संयोजकत्वमा अध्ययन समिति गठन भएको छ । आचार्यले स्थानान्तरणका लागि जग्गाको खोजी भैरहेको बताए । ‘४ ठाउँमा जग्गा हेरेका छौं । सबै ठाउँ उपयुक्त नै छन्,’ उनले भने, ‘अब सबै राजनीतिक दलबीच समझदारी गरेर त्यहाँ बसपार्क बनाउनुपर्छ । एउटाले मात्रै गरेर सम्भव छैन ।’ यहाँ बसपार्क बनाउन जग्गा अधिग्रहण गरेको ४५ बर्ष पूरा भैसक्यो । २०३२ सालमा तत्कालीन अञ्चलाधीस शंकरराज पाठक र योजनाविद् पदमबहादुर क्षेत्रीले २ सय ६ रोपनी जग्गा बसपार्कका लागि अधिग्रहण गरिदिएका थिए । त्यतिबेलै निर्माण गरिएको १५ बर्षीय आवधिक योजनामा बसपार्क निर्माणको योजना समेत समेटिएको थियो ।
त्यहाँ बसपार्क बनाउनुको सट्टा नेतृत्वहरुले सुकुम्बासी लगेर भरिदिए । नगर विकास समितिका अध्यक्ष नियुक्त भएसँगै बर्षेनी सुकुम्बासी संख्या थपिँदै गयो । केहि गाडीहरु भित्र लगेर राखिन्छन् । तर बसपार्ककको जग्गामा गाडी भन्दा बढी सुकुम्बासीका घर छन् । पटक पटक घडेरी बाँडेपछि अहिले बसपार्कको जग्गा ८६ रोपनीमा खुम्चिएको छ । उपत्यका नगर विकास समितिका अध्यक्ष समेत रहेका महानगरका मेयर मानबहादुर जिसी बाँकी रहेको जग्गामै बसपार्क बनाउने बताउँछन् । पुसभन्दा अघि नै सकारात्मक निर्णय हुने उनले सुनाए ।
‘घडेरी किनेर बसेकाहरुलाई कता जाउ भन्ने ? सुकुम्बासीलाई भाग भन्न पनि सकिँदैन,’ उनले भने, ‘कतै जग्गा मिलाएर उनीहरुलाई त्यहाँ सिफ्ट गर्छौं । त्यसपछि काम सुरु हुन्छ ।’ बसपार्क निर्माणका लागि पटकपटक प्रतिवेदन बनाईएको छ । अध्यक्ष नयाँ नियुक्त हुने वित्तिकै नयाँ प्रतिवेदन बनाउँछन्, गाडी राख्न मिल्ने गरी बसपार्क चाहिँ कसैले बनाएनन् । बसपार्क बनाउने पैसा नगर विकास समितिसँगै छ । ८ करोड रुपैयाँ खातामा रहेको मेयर जिसीले बताए । ‘पैसाको समस्या छैन । हामीसँग पर्याप्त बजेट । नपुगे नगर विकास कोषले लगानी गर्छ,’ उनले भने, ‘अब अलमल गर्ने समय छैन । जसरी हुन्छ, टुंग्याईदिने हो ।’ बसपार्क निर्माणको योजना महानगरको बर्षेनी कार्यक्रममा पर्छ । प्रदेश सरकारले समेत बसपार्क बनाउन पहिलो बर्षदेखि नै बजेट छुट्यायो । काम न प्रदेशले गर्यो नत महानगरले ।
मेयर जिसीले भनेझैं ९६ रोपनी जग्गामा बसपार्क बनाउन नसकिने पूर्व अध्यक्षहरु बताउँछन् । ‘सुकुम्बासीलाई त्यहाँबाट हटाएर सबै जग्गामा बनाईनुपर्छ । नत्र केहि बर्षमै काम नलाग्ने हुन्छ,’ पूर्व अध्यक्ष विश्वप्रकाश लामिछानेले भने, ‘यो वा त्यो बहाना झिकेर काम नगर्ने प्रबृत्तिको अन्त्य गरौं । सबै राजनीतिक दलको साझा योजनाको रुपमा विकास गरौं ।’ नगरविकास समितिकै पदाधिकारीले बसपार्क निर्माणका लागि अधिग्रहण भएको जग्गा घडेरी बनाएर बेचेपछि जमिन साँघुरिएको हो ।
अहिले चलिरहेको एयरपोर्ट स्तरोन्नती गर्दा त्यहाँ रहेका ब्यवसायीलाई बसपार्कको जग्गामा राखियो । तत्कालीन समयमा ७४ परिवारलाई सहुलियत दरमा घडेरी दिईएको थियो । त्यसपछि पृथ्वी राजमार्गको सडक मापदण्ड, पोखरा विमानस्थलबाट सारिएका र केही जग्गाधनीलाई सट्टा जग्गा दिँदा अधिग्रहण गरिएको जग्गा घट्दै गएको हो । बसपार्कको चारैतिर बिनानक्सा २ सय भन्दा बढी पक्की घर बनाइएका छन् । त्यहाँ हाल ४ सय ५४ जना सुकुम्बासी छन् भने लालपूर्जा भएका जग्गाधनी समेत छन् ।
अशोक पालिखे अध्यक्ष भएका बेला नगरपञ्चायतको सिफारिसमा घडेरी बेचिएको थियो । त्यसपछि पनि पश्चिम र दक्षिणतर्फका ४२ वटा घडेरीलाई ३ लाख र पूर्वतर्फका ३२ वटा घडेरी १ लाख ८० हजारका दरमा विक्रि गरिएका छन् । पुर्व अध्यक्ष प्रकाशमोहन खनाल बसपार्क निर्माणको काम तत्काल थाल्नुपर्ने बताउँछन् । ‘पर्यटकीय सहर पोखरामा बसपार्क नहुनु लाजमर्दो कुरा हो । बसपार्क त राजधानीको नभई नहुने पुर्वाधार हो,’ उनले भने, ‘खै पोखराले त्यो बुझेको ? धेरै पटक अध्ययन भैसक्यो । अब काम गर्नुपर्छ ।’ बेचिएका र बाँडिएका सबै जग्गा फिर्ता लिएर बसपार्क बनाउन उनको सुझाव छ । हरेक चुनावमा उम्मेदवारहरुको प्रमुख चुनावी नारा बन्दै आएको बसपार्क यही गतिमा चले अबको चुनावमा पनि एजेण्डा दोहोरिने निश्चित छ ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१