१. दशै लाग्न अब केही दिन मात्र बाँकी छ । कार्तिक १ गते घटस्थापनादेखि दशै सुरु हुन्छ । कार्तिक १० गते दशमी अर्थात टीका छ । पूर्णिमा सम्मै १५ दिन मनाइने यो चाड सवैभन्दा ठूलो भएकोले पनि बडादशैं भन्ने गरिएको हो ।
२. अहिले स्थितिमा धेरै मानिसलाई एक छाक जुटाउन पनि मुस्किल छ । पन्ध्र दिनको चाड झन् कसरी मनाउनु । हुने खानेको छुट्टै कुरा हो । सर्वसाधारणलाई सधैँ गार्हो छ । यसपालि त झन् कोरोनाले चौपट पा¥यो । उद्योग धन्दा बन्द भए । धेरैको रोजगारी नै खोसियो । यसले गर्दा धेरेको मीठो मसिनो खाने, राम्रा कपडा गाउने भन्ने सपना पनि खोसिएको छ ।
३. तर पनि धेरै पहिलेदेखि मान्दै आएको चाड नमानीकन को बस्न सक्छ र ? तर चाड भनेर पनि भएन । घाँटी हेरी हाड निल्नु अवस्था हेरी काम गर्नु भन्छन् । अहिलेको अवस्था नै कमजोर छ त यसलाई त्यही रुपमा मनाउनु पर्छ । एकदिन मात्र खाएर र एकदिन मात्र लाएर हुने भए किन दुःख गर्नुपथ्र्यो र ? भएको वेला गरौँला पनि तर अहिले त्यो अवस्था छैन । भन्नुको अर्थ यही दशैँ दशा नबनोस् ।
४. अहिले हामीलाई ठूलो चुनौती छ, कोरोना महामारीबाट आफू पनि बच्ने र अरुलाई पनि बचाउने । हामीले मुखमा मास्क लगाउने, नियमित हात धुने सेनिटाइजर लगाउने एक मान्छे र अर्काे मान्छे बीच कम्तीमा ३/४ मिटरको दूरी राख्ने, कोरोना लागेको शंका लागे तुरुन्तै स्वास्थ्य जाँच गराईहाल्ने गर्नुपर्दछ । भीडभाडमा नजाने कम्तिमा यतिमात्र गर्न सकियो भने पनि कोरोनाबाट बँच्न सकिएला । नत्र कसरी दशैं मनाइएला र ?
५. कोरोनाबाट बच्न अपनाउनु पर्ने मापदण्डको कुरा गर्दा यसपालि सबै भेला भएर दशै मनाउन पाइने अवस्था छैन । आफ्नै घरमा मात्र टीका, आफ्नै घरमा पिङ, आफ्नै घर वरपरको सरसफाई मै दशै सिमित बनाउुपर्छ । महामारीबाट बँच्न सकियो भने त भेटघाट रमाइलो त्यसपछि पो गरौला । कसेको दुःख मान्नु पनि हुदैन । हाम्रो भनाई यक्ति हो दशैँ दशा नबनोस् ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१