काठमाडाै, २४ असाेज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्री भट्टराईले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सङ्क्रमित भएको जानकारी दिएका हुन्। गत सोमबार गरेको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि शुक्रबार राति हल्का ज्वरो आएपछि बिहान गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिए।
मन्त्री भट्टराईलाई हल्का ज्वरोबाहेक अरु कुनै समस्या देखिएको छैन । उनले केही दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिलाई कुनै स्वास्थ्य समस्या देखिए कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । मन्त्री भट्टराईले आफ्नो कारणले कोही कसैलाई पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेकोसमेत बताए।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१