काठमाडौँ, २४ असोज । कलाकार राजेश मानन्धरको कोभिड–१९ कार्टुन सङ्ग्रह आजदेखि बजारमा आएको छ । कोरोना भाइरस भनेको के हो ? यसको सङ्क्रमणका लक्षण, जोखिम वर्ग, कसरी सङ्क्रमणबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे कृतिमा सन्देश दिइएको छ । लकडाउनमा बालकदेखि वृद्धसम्मलाई संवेदनशील हुन आग्रह गरिएको सङ्ग्रह काठमाडौँ महानगरपालिका–७ ले प्रकाशन गरेको हो ।
यहाँ आज आयोजित कार्यक्रममा कामपा–७ का वडाध्यक्ष शुद्धकुमार डङ्गोलले उक्त कृतिको विमोचन गर्दै कोभिडले सबै पक्षलाई प्रभाव पारेको समयमा कार्टुनिष्टले पनि समयसापेक्ष विषयवस्तुलाई सिर्जनामार्फत सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए । बूढानीलकण्ठ स्कूलका प्राचार्य होमनाथ आचार्यले महामारीले विश्व आक्रान्त भएको बेला त्यसलाई नै कलम र कुचीको विषय बनाई समाजको विविध पक्षलाई समेटेर मानन्धरले बनाएको कार्टुन चित्र महत्वपूर्ण रहेको बताए ।
सामुदायिक विद्यालयका प्रतिनिधि चन्द्रकान्त पण्डित, निजी विद्यालयका तर्फबाट पूर्ण रावल, नेपाल जेसीजको उपाध्यक्ष शोभा खरेललगायतले अहिलेको विषम परिस्थितिमा पनि सर्वसाधारणलाई कसरी सामाजीकरण गर्न सकिन्छ ? भन्नेबारे कृति केन्द्रित रहेको विचार व्यक्त गरे । लामो समयदेखि विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा उत्कृष्ट कार्टुन निर्माण गरेका कलाकार मानन्धरले कोभिडबाट कसरी बच्न सकिन्छ भन्ने सन्देशमूलक सोचका साथ समाजमा केही सूचना वा शिक्षा प्रदानगर्न कृति प्रकाशन गरेको जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१