१. गण्डकी प्रदेश सरकारले गत वर्ष प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउने भन्दै गाई फर्म स्थापनाका लागि २२ करोड बजेट छुट्यायो । दैनिक एउटैले ३० लिटर सम्म दिने १५/२० हजारबाट गाई पालिने हल्ला चल्यो । प्रदेशको निजी साझेदारी फर्मसँग सहकार्य हुने उक्त गाई फर्ममा किसानहरुको पनि सेयर रहने चर्चापछि सेयर लिन पनि धेरै उत्सुक थिए । तर यसैवीच आयोजना निस्तेज जस्तै भयो ।
२. दूधको खोलो बगाउने हो हल्ला सहित आएको यो आयोजना बारे सुरुमै विवाद भयो । गाईफर्मका लागि सम्झौता गरिएको निजी कम्पनकिा सञ्चालकका विगतका गतिविधिहरु सञ्चारमाध्यममा आएपछि आयोजना सफल हुनेमा अनेक शंका उपशंका गरियो । पार्टी कार्यकर्ता पोस्न आयोजा ल्याइएको भन्ने सम्मका आरोप लाग्यो । त्यसबारे प्रदेश संसदमा समेत आजाव उठ्पछि वास्तविकता बुझन् सार्वजनिक लेखा समितिले यसबारे छानविन गर्न समिति नै गठन गर्यो ।
३. छानविन उप–समितिले सुझाव समितिको प्रतिवेदन शुक्रबार लेखा समितिलाई बुझाएको छ । सार्वजनिक निजी साझेदारी रुपमा गाईपालनका लागि लगानी गर्न तम्सिएको प्रदेश सरकारको उक्त आयोजनामा के भूमिका हुने भन्नेबारे स्पष्टटा देखिएन । वैदेशिक लगानी र सहयोग समेत प्राप्त हुने देखिएको उक्त फर्ममा के कति हिस्सा, ऋण, अनुदान, सहुलियत ऋण हुने हो भन्ने बारे अस्पष्टता रहेको प्रतिवेदनमा उल्लेख छ । अनुदानमा जोड दिनु पर्ने र आयोजनाका प्रत्येक कुरा हचुवामा नभै स्पष्ट रुपमा प्रकाश पार्नुपर्ने पनि सुझाव समितिले दिएको छ । साथै सरकारको पनि नियमित अनुगमन हुनुपर्ने जोड दिइएको छ ।
४. प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा ल्याएको गई फर्म सञ्चालनको कुरा अत्यावश्यक नै हो । दूधको अभावमा यहाँका कतिपय डेरीहरुले भारतबाट दूध ल्र्यारहेका छन् । यस अवस्थामा यही नै पर्याप्त दूध उत्पादन गर्ने योजनालाई कसैले नराम्रो भन्न सक्दैन । उक्त आयोजनाले अरु दुग्घ व्यवासइहरुको दूध पनि संकल गरेर दुग्धजन्य पदार्थहरु उत्पादन गर्ने, दुग्ध व्यवसाय सम्बन्धी नयाँ प्रविधिहरु समेत ल्याउने हूँदा स्थानीय किसानहरुलाई समेत फाईदा पुग्ने देखिन्छ । धेरैले रोजगार समेत पाउने छन् ।
५. गण्डकी प्रदेश बढी पहाडी भूभाग भएको क्षेत्र हो । यस भूभागमा फलफूल तथा पशुपालतको सम्भावना बढी रहेको विज्ञहरुले धेरै अघि देखि सुझाव दिदै आएका हुन् । परम्परागत रुपमा उक्त कार्यहरु हुँदै आएका भए पनि व्यवसायिक रुपमा त्यति धेरै भएको देखिदैन । सम्भावना भएपनि आवश्यक ज्ञान, तालिम, जनशक्ति वा लगानीका अभावमा कति कुराहरु निष्कृय रहेका छन् । सम्भावनाहरुको खोजीगरी त्यसतर्फ लगानीका आकर्षण बढाउनु आवश्यक छ । फलफूल, तरकारी दूध तथा मासुमा गण्डकी प्रदेश आत्मनिर्भर बन्न सक्छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१