१. हेर्दा हेर्दै १० महिनाको बीच कोरोना भाइरसको संक्रमणबाट १० लाख मानिसको ज्यान गएको छ । चीनको बुहान सहरबाट सन् २०१९ को डिसेम्बरमा सर्वप्रथम कोरोनाभाइरस देखिएको थियो । प्रारम्भिक अवस्थामा यो चीनमै सीमित रहला भन्ने अडकल धेरैको थियो । तर त्यो अनुमानको विपरित कोरोना संक्रमणको छोटो समयमै संसार ढाक्यो ।
२. कोरोना महामारीले के विकसित के अविकसित कुनै मुलुकलाई छाडेन । महामारी रोक्न सचेन बन्दा नबन्दै संसार भर फैलियो । सबैभन्दा विकसित देश भनेको अमेरिकामा नै अहिले बसैभन्दा बढी आक्रान्त बनेको छ । अमेरिकामा कोरोना कारण विश्वमै सबैभन्दा बढी संक्रमित भएका छन् । अमेसिरामा संक्रमितको संख्या ७३ लाख २१ हजार नाघेको छ भने कोरोनाकै कारण २ लाख ९ हजार बढीको ज्यान गएको छ ।
३. भारतमा ६० लाख बढी संक्रमित भउका छन् । ९५ हजार ५ सय ७४ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४७ लाख भन्दा बढी संक्रमित भएकोमा १ लाख ४१ हजार बढीको ज्यान गएको छ । यसैगरी रसियामा २० हजार बढी व्यक्तिको मृत्यु भएको छ । यूरोपेली मलुकमा वेलायत, फ्रान्स, स्पेन, इटालीमा कोरोना संक्रमणको दोश्रो दोश्रो सुरु भएको आंकलन गरिएको छ । त्यहाँ धेरै किसिमका प्रतिन्धहरु लगाउन थालिएको समाचार छ ।
४. नेपालमा कोरोना भाइरसबाट ७४ हजार बढी संक्रमित रहेको मध्ये ५४ हजार बढी निको भएका छन् । मंगलबारसम्म ८१ जनाको मृत्ु भएको छ । नेपालमा पनि दिनहुँ संक्रमित हुनेको संख्या बढिरहेको छ । निषेधाज्ञा हटे यता मानिसहरुको आवतजावत र भीडभाड बढेसँगै संक्रमितको संख्या पनि बढको हो । सर्वसाधरण देखि लिएर ठूलो ओहोदामा रहेका तथा विशेष सुरक्षा घेरामा रहेका व्यक्तिहरु समेत कोरोना भाइरसको महामारीमा परेका छन् ।
५. देशमा कोरोना भाइरसको विरामीहरुको उपचारका लागि छुट्टाइएका अधिकांश अस्पतालहरु भरिएका छन् । धेरै मानिसहरु घरमै आइसोलेसनमा बस्न थालेका छन् । गम्भीर विरामीहरुका लागि पनि आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ । जसरी विरामी बढ्दै छन् त्यस अनुरुपको सरकारी तयारी देखिएको छैन । यस्तै हो भने कोरोनाबाट मृत्ु हुनेको संख्या धरै बढ्न सक्छ । जनताले स्वास्थ्य सुरक्षाको मापदण्ड कायम नगर्ने र सरकारले पनि उपचारमा वेवास्ता गर्ने हो भने भयाभह परिस्थिति आउन सक्छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१