पहिरामा पुरिएर दुईको मृत्यु

रासस
असाेज ६, २०७७
Pahiro

प्रतिकात्मक तस्बिर

गुल्मी, ६ असोज । इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका छन् ।

इस्मा गाउँपालिका –२ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र पाँच वर्षीय सफल कुमालको शव आज बिहान नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पहिराबाट निकालेको सशस्त्र प्रहरी बल गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए ।

सडकमा हिँड्दै गरेका अवस्थामा सडकमाथिबाट ठूलो पहिरो खस्दा दुवै पहिरामा पुरिएर बेपत्ता बनेका थिए । घटनामा स्थानीयवासी तिलक कुमालसमेत घाइते भएका छन् । सोमबार अपराह्न उक्त क्षेत्रमा ठूलो पानी परेको थियो ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width