पहिरोले विस्थापित

साधन राम्जाली
असाेज ५, २०७७
myagdi pahiro (3)

म्याग्दी  । मालिका गाउँपालिका–१, निस्कोटको केशमा पहिरोले दुई घर विस्थापित भएका छन् ।

अविरल वर्षाका कारण असोज २ गते बेलुकीको समयमा घरमाथिबाट खसेको पहिरोले केशका दलप्रसाद पुन र चन्द्रबहादुर पुनको घर पुरिएको नेपाली काँग्रेस म्याग्दी, प्रदेश सभा (ख) सचिव हिराबहादुर पुन मगरले जानकारी दिए ।
उनका अनुसार पहिरोले घर पुरिँदा पूर्ण रुपमा क्षति भएको छ । विस्थापित दुई परिवार छिमेकीकोमा बस्दै आएका छन् । साथै सोही पहिरोको कारण ५ घर उच्च जोखिममा रहेका छन् । पहिरोको कारण स्थानिय ओमप्रसाद पुन, मबहादुर पुन, नीलप्रसाद पुन ,अविकला पुर्जा र शेर बहादुर पुन रहेका छन् ।

विस्थापित परिवारलाई नेपाली काँग्रेस, म्याग्दी प्रदेशसभा ‘ख’ र नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाले राहत सामग्री सहयोग गरेका छन् । पहिरोबाट विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराइएको सचिव पुन मगरले जानकारी दिए ।

उनका अनुसार पीडित परिवारलाई रेडक्रसले त्रिपाल, जिन्सी तथा काँग्रेसले दैनिक उपभोग्य खाद्यान्न राहत सामग्री सहयोग गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width