स्पेनिस ला लिगा फुटबलमा भिल्लारियल विजयी

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७७
Villareal, Spanish La Liga

तस्बीर साभार : गेट फुटबल न्यूज स्पेन डट कम

पोखरा । स्पेनिस ला लिगा फुटबलमा भिल्लारियल विजयी भएको छ ।

शनिबार राति सम्पन्न खेलमा भिल्लारियलले इबारलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै ३ वटै गोल दोस्रो हाफमा भएको थियो । किकेले ५० औं मिनेटमा गोल गर्दै इबारलाई शुरुआती अग्रता दिलाएपनि जित निकाल्न सकेन ।

त्यस्तै, ६२ औं मिनेटमा जेराड मोरेनोले गोल गर्दै भिल्लारियललाई बराबरीमा ल्याए । खेलको ७१ औं मिनेटमा फ्रान्सिको एलेसियरले गोल गरेपछि भिल्लारियलले २–१ को अग्रता लियो ।

Related News

सम्बन्धित समाचार

hero news full width