म्याग्दी, ४ असोज । बागलुङको बरेङ गाउँपालिकाले अस्थायी कोरोना अस्पताल बनाउने तयारी थालेको छ । कोरोना संक्रमणको संख्या बढ्ने र सबै संक्रमितलाई अस्पतालमा राख्न सक्ने अवस्था नहुने भन्दै नेसाल सरकारले सबै स्थानीय तहलाई पालिकामा कोभिड–१९ अस्पतला बनाउनको लागि निर्देशन दिएको छ । सो अनुरुप गाउँपालिकाले कोभिड–१९ अस्थायी अस्पाताल बनाउने भएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) अझै पनि साम्य हुन सकेको छैन । दिन प्रति दिन संक्रमितको संख्या बढी रहेको छ । गाउँपालिकाले पाँच बेडको अस्पताल बनाउन प्रक्रिया अगाडी बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापा मगरले बताए । उनले वडा नम्बर २ र ३ को विचमा बनाउने तयारी रहेको जानकारी दिए ।
स्वास्थ्य चौकी भन्दा बाहिर बनाउन लागिएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिए । उनले गाउँपालिकाको सामाजिक विकास समितिले सम्भाव्यता अध्ययन थालेको बताउँदै छिट्टै अस्थायी कोरोना अस्पताल बन्ने बताए । उनले अस्पताल बनाउनका लागि सामुदायीक र सरकारी भवनको खोजी भइरहेको जानकारी गराउँदै सकारी भवन नभेटिएमा गाउँपालिकाले भाडा लिएर पनि अस्पताल बनाउने बताए ।
‘हामीले सरकारले दिएको निर्देशन अनुसार अस्थायी कोभिड–१९ अस्पताल बनाउन थालेका छौँ,’– अध्यक्ष शर्माले भने ,‘अहिले कुन ठाउँमा बनाउने भनेर ठाउँ छनोट गर्न थालेका छौँ, भवन भेट्ने बित्तिकै त्यस स्थानमा अस्पतालको लागि सबै कार्य सुरु गर्छौँ ।’
केन्द्रीय सरकारले पालिकामा कोभिड–१९ अस्थायी अस्पताल बनाउनको लागि १० लाख रुपैयाँ विनियोजन गरेको र त्यस रकमले नपुगे पालिकाबाट व्यवस्थापन गर्ने बताए । गाउँपालिकामा हाल ८ जना संक्रमित छन् । उनीहरुलाई वडा नम्बर ३ को जनता प्राथमिक विद्यालयमा निर्माण गरेको प्रि–आइशोलेसनमा राखिएको उनको भनाई छ । गाउँपालिकाले यस अगाडी संक्रमितलाई धौलागिरी अस्पतालको आइशोलेसन र धौलागिरी बहुमुखी क्याम्पसमा बनाइएको प्रि–आइशोलेसनमा ल्याउनु पर्ने बाध्यता थियो ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१