साहित्यकार बिखर्चीलाई जनसेवा श्री पदवी

असफल गौतम
असाेज ३, २०७७
bikharchi

साहित्यकार सूर्य खड्का बिखर्ची जनसेवा श्री पदवी (पञ्चम) बाट विभूषित हुने भएका छन् ।

संविधान दिवसको अवसरमा नेपाल सरकारद्वारा जारी गरिएका विभिन्न ५९४ मानपदवी, अलंकार र पदकमध्ये नेपाली वाङ्मयको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप बिखर्ची जनसेवा श्री (पञ्चम) पदवीद्वारा विभूषित हुने भएका हुन् ।

लामो समयदेखि साधनामा लाग्दै आएका बिखर्चीका हालसम्म ५१ कृति प्रकाशन भइसकेका छन् भने दर्जनौं कृति पाण्डुलिपिका रुपमा रहेका छन् । बिखर्चीसँगै यसै पदवीद्धारा रोल्पाका डिबी टुहुरो पनि विभूषित हुँदै छन् ।

साहित्य विधातर्फ धनुषाका राम भरोस कापडी, इटहरीका बद्री विशाल पोखरेल, काठमाडौंका भद्रकुमारी घले र प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्याय सुप्रवल जनसेवा श्री (तृतीय) पदवीद्धारा विभूषित हुँदैछन् ।

सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने जनाइएको छ ।

सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिँदै छ । सम्मानित हुनेहरुको सूचीमा १४ जना पत्रकार र दुई जना सञ्रकर्मीसमेत छन् ।

विभूषण, अलंकार र पदक आगामी गणतन्त्र दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width