सिन्धुपाल्चोक, २ असोज । वर्षाका कारण जुगल गाउँपालिका–१ सेलाङमा स्थानीयवासीका घरगोठ क्षति हुुनुका साथै दर्जनौँ घर परिवार जोखिममा परेका छन् । पहिराको क्षति मुल्याङ्कनका क्रममा वडाभर निरीक्षण गर्दा ८८ भन्दाबढी परिवार पहिराको जोखिममा परेका वडा नं १ का वडाध्यक्ष कमल थापाले जानकारी दिए ।
उनका अनुसार सेलाङको बाँधसिम्ले, काल्चे, देउराली, चेपे, खसै, सेपगाउँ र कुनेगाउँ ठाडोपाखामा पहिराले घरगोठमा क्षति तथा स्थानीयवासीलाई जोखिममा पारेको छ । बाँधसिम्ले गोठ पुरिँदा कमलबहादुर थापाको भैँसीसमेत पुरिएको छ । कतै घर बग्न लागेका छन् भने कतै गोठ र शौचालय क्षति भएका छन् । बाँधसिम्लेमा पोखबहादुर थापाको गोठ र शौचालय क्षतिग्रस्त हुनाका साथै घर नै जोखिममा परेको छ ।
काल्चेका चार घर क्षतिग्रस्त भएका छन् । चेपेमा १३ घर बस्न अयोग्य भएका छन् भने आहालमा छ घर उच्च जोखिममा छन् । ३० भन्दाबढी घर परिवार बस्ने सेपगाउँ नै पहिराको कारण उच्च जोखिममा छ । कुनेगाउँ ठाडोपाखामा १५ घर उच्च जोखिममा छन् भने खस्रेमा पनि दुई घर जोखिममा रहेको वडाध्यक्ष थापाले बताए । सेलाङ डाँडागाउँका थप १८ घर पनि पहिराका कारण उच्च जोखिममा परेका छन् ।
पहिराबाट जनताको ज्यान जोगाउनु नै पहिलो प्राथमिकता रहेकाले उनीहरुलाई तत्कालका लागि गाउँपालिकाबाट टेण्ट र त्रिपाल उपलब्ध गराएर सुरक्षित स्थानमा बस्न भनिएको छ । सङ्कटको अवस्थामा वडाभित्रका सरकारी भवन संरचनामा बस्न स्थानीयवासीलाई अनुरोध गरिएको थापाले बताए ।
Related News
सम्बन्धित समाचार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
अन्नपूर्ण गापाले सार्वजनिक गर् यो वर्षभरीका उपलब्धि
पेमा धेछेन्लिङ गुम्बामा प्रवचन
एकातिर खोला, अर्कैतिर पुल
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधानिकताको टुंगो आज
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
जेठ ७, २०८१दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१