पोखराको जाल्पा र दाङको महिला सामुदायिक लघुवित्त गाभिने

आदर्श समाज सम्वाददाता
असाेज २, २०७७
jalpa

पाेखरा, २ असाेज । जाल्पा लघुवित्त वित्तीय संस्था लि.पोखराको विशेष साधारण सभा बिहीबार सम्पन्न भएको छ ।

साधारणसभाले आफ्नो संस्था र महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लि. दाङबीच एकापसमा गाभ्ने/गाभिनेसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।

सो प्रस्ताव पेस गर्दै अध्यक्ष अर्जुन श्रेष्ठले दुवै संस्था गाभिएपछि राष्ट्रियस्तरको एक सबल, सक्षम र ग्राहकमैत्री लघुवित्त वित्तीय संस्था बनी गुणस्तरीय सेवा प्रदान गर्ने धारणा ब्यक्त गरेका थिए ।

दुवै संस्था मर्ज सम्बन्धमा गत वर्ष माघ १६ मा प्रारम्भिक समझादारीपत्रमा दस्तखत सम्पन्न भई नेपाल राष्ट्र बैंकबाट यही असार ५ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो । मर्जपछि वित्तीय संस्थाको नाम सृजना सामुदायिक लघुवित्त वित्तीय संस्था लि. भई कार्यक्षेत्र राष्ट्रियस्तरको हुनेछ ।

साथै, गण्डकी प्रदेश, ५ नम्बर प्रदेश र कर्णाली प्रदेशमा गरी ५५ वटा शाखामार्फत ८० हजार ग्राहक सदस्यहरुलाई सेवा प्रदान गर्ने, संस्थाको बचत २ अर्ब र लगानीमा रहेको कर्जा ३ अर्ब पुग्ने जनाइएको छ ।

जाल्पा लघुवित्त वित्तीय संस्था लि.अध्यक्ष श्रेष्ठले उद्घाटन गरेको साधारण सभामा सञ्चालक मीनप्रसाद शर्मा भट्टराईले स्वागत र प्रमुख कार्यकारी अधिकृत एवं कम्पनीसचिव अशोक आचार्यले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा संयुक्त मर्जर समिति संयोजक वीरबहादुर अधिकारीले मर्जरसम्बन्धी गतिविधिबारे प्रकाश पारे ।

यस्तै, सञ्चालक विश्वकुमार विजुक्छेले शेयरधनी तथा मर्जर कार्य सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width