फिफा वरीयतामा नेपाल १७० औं स्थानमै यथावत

आदर्श समाज सम्वाददाता
असाेज १, २०७७
Napali National Football Association

तस्बीर साभार : दी हिमालयन टाइम्स डट कम

पोखरा । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत स्थानमै कायम रहेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा बिहीबार जारी नयाँ वरीयतामा नेपाल १७० औं स्थानमै यथावत रहेको हो ।

गत महिना पनि नेपाल १७०औं स्थानमै कायम थियो । दक्षिण एशियाली राष्ट्रमध्ये नेपाल तेस्रो स्थानमा कायम छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स छन् । एक स्थान घटुवा भएको भारत १०९ औं स्थानमा छ । माल्दिभ्स १५५औं स्थानमा छ ।

नेपालभन्दा तल भुटान, बंलादेश, श्रीलंका र पाकिस्तान छन् । भुटान १८९ औं, बंगलादेश १८७ औं, श्रीलंका २०६ औं र पाकिस्तान २०० औं स्थानमा छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा छन् । पोर्चुगल भने २ स्थान माथि उक्लिएर पाँचौ स्थानमा पुगेको हो ।

एक स्थान झरेको उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएशिया आठौँ, अर्जेन्टिना नवौँ र कोलम्बिया दशौँ स्थानमा रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width