लेखनाथ । कोरोना भाइरस कारण विभिन्न संघसंस्थाले गर्नु पर्ने साधारण सभा तथा अधिवेशन रोकिराखेको अवस्थामा लेखनाथ उद्योग बाणिज्य संघले नयाँ मोडलको कार्यविधि सहितको साधारण सभा गर्न सकिने योजना बनाएको छ ।
साधारण सभा गर्नु पनि पर्ने, भीडभाड गराउन पनि नमिल्ने विषम परिस्थितिमा फरक शैलीबाट संघसंस्थाका गतिविधि अगाडि बढाउनु पर्ने आवश्यकता मध्यनजर राख्दै नयाँ मोडलको साधारण सभा गर्न सकिने प्रस्ताव अगाडि सारिएको हो ।
संघको गत वर्ष सम्पन्न १२ औं अधिवेशनवाट निर्वाचित टिमले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा शनिवार बसेको कार्यसमिति बैठकमा एक वर्षे कार्यकालको आत्मसमीक्षा सहित आगामी दिनका कार्ययोजना तथा भावी कार्यक्रम तयार गरेको हो ।
२०५४ सालमा स्थापना भएको संघमा आवद्ध १ हजार ३ सय ६५ ब्यवसायी सदस्यहरुको हितमा सामूहिक नेतृत्व प्रणालीद्वारा काम गर्दै ब्यक्तिप्रधान नभई नीतिप्रधान हुने भावनाले नयाँ मोडलको वार्षिक साधारण सभाको कार्ययोजना बैठकबाट अगाडि सारेको संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए ।
कार्ययोजनाअन्तर्गत वार्षिक प्रतिवेदन तयार गरी असोज ५ भित्र सम्पूर्ण ब्यवसायीको हातमा पुर्याइसक्ने र सोही प्रतिवेदनका आधारमा ब्यवसायीहरुबाट असोज १५ सम्म वैज्ञानिक विधिबाट सुझाव संकलन गर्ने र सोही सुझावका आधारमा असोज २५ सम्ममा सुझावमा सहभागी सदस्य विभिन्न विधिबाट अन्तक्र्रिया छलफलबाट आएका राय सुझाव समावेश गरी २४ औं साधारण सभा पारित भएको मानिनेछ भन्नेखालको योजना बनाइएको हो ।
संघले साधारण सभा र लकडाउनका कारण सृजित समस्याको सही निकासका बारेमा सल्लाहकार, विभिन्न उपसमिति, पदाधिकारी र कार्यसमितिको बैठक बसी समस्याको खोजी गरेको संघका महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१